निफ्रापछि धेरैलाई पुग्ने गरी अर्को नयाँ आईपीओ सार्वजनिक हुँदै

काठमाण्डौ – नेपाली शेयर बजारमा हित ग्राही खाता खोल्ने संख्या ३५ लाख माथि पुगेको छ । यति मात्र हैन दैनिक ५ लाखको हाराहारीमा सक्रिय लगानीकर्ताले शेयर बजारमा कारोबार समेत गरिरहेका छन्। केही समय पहिला नेपाल पूर्वा धार विकास बैंकले १६ लाखलाई पुग्ने गरी प्राथमिक शेयर निष्कासन गरेको थियो अब फेरि अर्को एक जलविद्युत कम्पनीले पनि ठूलो मात्रामा शेयर निष्काशनको तयारी गरेको छ ।

मध्य भोटेकोसी जलविद्युत आयोजनाले एक अर्ब ५० करोड रुपैयाँ बराबरको शेयर जारी गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ। कम्पनीले बैशाख ५ गते आइतबार स्थानीय र सर्वसाधारणका लागि सो रकम बराबरको १ करोड ५० लाख कित्ता प्राथमिक शेयर (आइपीओ) जारी गर्न अनुमति पाएको हो । कम्पनीले २०७६ माघमा आइपीओ जारी गर्न अनुमति माग गर्दै धितोपत्र बोर्डमा आवेदन दिएको थियो ।

कम्पनीले सिन्धुपाल्चोकका बासिन्दाका लागि १० प्रतिशतका दरले हुन आउने ६० लाख कित्ता अर्थात ६० करोड बराबरको शेयर जारी गर्नेछ भने यसैगरी सर्वसाधारणका लागि १५ प्रतिशतले हुन आउने ९० करोड बराबरको ९० लाख कित्ता शेयर निष्काशन गर्नेछ । मध्य भोटेकोसी जलविद्युत आयोजनाले जारी गर्ने शेयर मूल्यको प्रत्याभूतिका नागरिक कोषले गरेको छ ।

आयोजनाले पहिलो चरणमा कर्मचारी सञ्चयकोषका बचतकर्ता, संस्थापक संगठित संस्थाका कर्मचारी र ऋणदाता संस्थाका कर्मचारीका लागि एक अर्ब ४४ करोड बराबरको १ करोड ४४ लाख कित्ता शेयर नि’ष्काशन गरेको थियो । आयोजनाका कार्यकारी अधिकृत मणिकुमार दाहालका अनुसार संस्थापक शेयरधनीतर्फ छुट्याइएको ५१ प्रतिशतको शतप्रतिशत असुल भएको छ ।

बाँकी ४९ प्रतिशत मध्ये आयोजनले कर्मचारी सञ्चय कोषका बचत कर्ताहरुका लागि १९.५ प्रतिशत अर्थात लागि १ करोड १७ लाख कित्ता, संस्थापक संस्थाका कर्मचारी कर्मचारीका लागि ३.५ प्रतिशत अर्थात २१ लाख कित्ता तथा ऋ’ण दाता संस्था कर्मचारी सञ्चय कोषका कर्मचारीका लागि एक प्रतिशत अर्थात ६ लाख कित्ता शेयर वितरण गरेको थियो । अब आयोजनाले स्थानीलाई १० तथा सर्वसाधारणलाई १५ प्रतिशत शेयर बिक्री गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्