वैशाख २७ भित्रै कतारी रियाल साट्न आग्रह

काठमाडौँ, वैशाख ७ गते । नेपाल राष्ट्र बैंकले यही वैशाख २७ गतेदेखि कतारी रियालको कारोवार बन्द हुने जनाएको छ । केन्द्रीय बैंकले आज एक सूचना प्रकाशित गर्दै सो अवधिभित्रै कतारी रियाल सटही गर्न भनेको छ । त्यसपछि कारो वार बन्द हुने सूचनामा उल्लेख छ ।

कतारको केन्द्रीय बैंकले चलनचल्तीमा रहेका बैंक नोट आगामी असार १७ देखि नयाँ नोट प्रकाशनमा ल्याउने भएकाले पुराना नोट नचल्ने निर्णय गरेको छ । सो अवधिभन्दा अगावै सटहीका लागि समयसीमा तोकिएको हो । वैदेशिक रोजगारीका लागि कतार गएका नेपालीले कतारी नोट ल्याएर राखेको हुनसक्ने भन्दै सटहीको लागि सूचना प्रकाशित गरिएको केन्द्रीय बैंकको भनाइ छ ।

यो पनि, नेपाल टी ट्वान्टीको विश्व वरीयतामा खस्कियो : नेपाल अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल(आईसीसी)को विश्व वरीयतामा एक स्थान तल खस्किेको छ। नेदरल्याण्ड्स बिरुद्धको पहिलो खेलमा जित हात पारेर एक स्थानमाथि उक्लेको नेपाल आईसीसीको नयाँ वरियतामा पुनः पुरानै स्थानमा पुगेको छ । आईसीसीले मंगलबार जारी गरेको नयाँ वरीयता अनुसार नेपाल १५ औं स्थानमा पुगेको छ ।

यसअघि स्कटल्याण्डलाई उछिनेर नेपाल १४ औं स्थानमा उक्लेको थियो । स्कटल्याण्ड पुनः १४ औं स्थानमा उक्लिदा नेपाल १५ औं स्थानमा पुगेको छ । नयाँ वरीयतामा अन्य राष्ट्रको स्थिति भने यथावत छ । नेपालले पछिल्लो खेलमा नेदरल्याण्ड्ससँग तीन विकेटको हार बेहोरेको थियो । पहिलो खेलमा नेदरल्याण्ड्स माथि नौ विकेटको जित हात पार्दा नेपाल वरीयतामा उक्लेको थियो । आईसीसीको टी ट्वान्टी विश्व वरियतामा इंग्ल्याण्ड शीर्ष स्थानमा छ । दोस्रो स्थानमा भारत र तेस्रोमा अष्ट्रेलिया रहेको छ ।

प्रतिक्रिया दिनुहोस्