एकै दिन १ हजार ३०० रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मूल्य वृद्धि भएको छ । मंगलबार ९० हजार ७०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य बुधबार एकै दिन तोलामा अधिकतम १ हजार ३०० रुपैयाँले वृद्धि भई ९२ हजार रुपैयाँ कायम भएको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाला सुनको मूल्य प्रति तोला ९२ हजार रुपैयाँ कायम भएको छभने तेजाबी सुनको मूल्य ९१ हजार ५०० रुपैयाँ कायम भएको छ।यता चाँदीको मूल्य पनि बुधबार प्रति तोला १० रुपैयाँले वृद्धि भएको भएको छ । महासंघका अनुसार मंगलबार प्रति तोला एक हजार ३०० रुपैयाँमा कारोबार भएको चाँदी मूल्य बुधबार १० रुपैयाँले बढेर प्रति तोला एक हजार ३१० रुपैयाँ कायम भएको छ ।

यो पनि, सीईडीबीको आईपीओ वैशाख १७ देखि बिक्री खुला हुने : सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले वैशाख १७ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले कुल २५ लाख १८ हजार २सय ३० कित्ता आईपीओ निष्का सन गर्ने भएको हो । कम्पनीले यस मध्ये २ प्रतिशत अर्थात ५० हजार ३ सय ६५ कित्ता सेयर कर्मचारी र ५ प्रतिशत अर्थात १ लाख २५ हजार ९ सय ११ कित्ता सेयर म्युचुअल फन्डलाई छुट्याएको छ ।

बाँकी २३ लाख ४१ हजार ९ सय ५४ कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन सक्ने छन् । प्रतिकित्ता १०० रुपैयाँमा आवेदन दिन सकिनेछ । सीईडीबीको आईपीओमा वैशाख २१ गतेसम्म आवेदन दिन सकिने छ। उक्त समयमा सबै आईपीओ बिक्री नभएमा भने वैशाख ३१ गतेसम्म खुला रहनेछ । रेटिङ एजेन्सी केयर रेटिङ नेपालले सीइडीबीको यस आईपीओलाई औसत भन्दा कम आधार जनाउने ‘ग्रेड ४’ रेटिङ दिएको छ । यस आईपीओको बिक्री प्रबन्धक सनराइज क्यापिटल हो ।

प्रतिक्रिया दिनुहोस्