एकै परिवारका तीन जना अचेत अवस्थामा फेला, एकको मृ’त्यु

भक्तपुर । भक्तपुरमा डेरागरी बस्ने एकै परिवारका तीन जना अ’चेत अवस्थामा भेटिएका छन् । एक जनाको उपचारका क्रममा मृ,त्यु भएको हा । प्रहरीका अनुसार सोमबार राति काभ्रेपलाञ्चोक तिमाल गाँउ पालिका ३ गुडुवाल घर भई हाल सुर्यबिनायक नगरपालिका १० मिलनचोकमा डेरा गरी बस्ने तीनजना अ’चेत फेला परेका थिए।

तीमध्ये २२ वर्षीया सुनिता तामाङको मृ,त्यु भएको छ। उनकी आमा ४० वर्षीया शान्तीमाया ब्लोन र १८वर्षीया छारी अनिता तामाङ बे’हास् छन्। अ’चेत अवस्थामा उद्धार गरिएका तिनै जनालाई उपचारका लागि मध्यपुर अस्पताल थिमिमा लगेको र सुनिता तामाङ को मृ,त्यु भईसकेको र शान्तीमाया ब्लोन र अनिता तामाङको मध्यपुर अस्पतालमा उपचार भईरहेको पनि परिसर भक्तपुरले जनाएको छ ।

घटनास्थलको प्रकृति, घाईतेको अवस्था र सोधपुछबाट कोठाका सम्पूर्ण झ्यालढोका ब’न्द गरी बैपाख १९ गते सुत्केरी भएकी अनिता तामाङलाई सेकताप गर्न मकलमा कोईला बालेको कारण अक्सिजनको कमीले गर्दा निस्सासिएर उक्त घट्ना भएको हुन सक्ने देखि एको र अन्य आवश्यक अनुसन्धान कार्य मईरहेको महानगरिय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी डिएसपी दिपक गिरीले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्