बेपत्ता २२ वर्षे नेपाली विद्यार्थी अजय शाह न्यूयोर्कमा मृ,त भेटिए

न्यूयोर्क । गत जनवरीबाट सम्पर्कविहिन एक नेपाली विद्यार्थीको श,व न्यूयोर्कको ब्रुकलिनमा भेटिएको छ। अमेरिकी अखबार डेलीभ्वाइसका अनुसार जनवरी १९मा अन्तिमपटक ब्रुकलिन पुलमा देखिएका नेपालका २२ वर्षे सन्तोष शाहको श,व ब्रुकलिनको एंकरेज नहरको पानीमा भेटिएको हो । श,व मार्च ९ मै फे’ला परेपनि शनाखत हुन नसकेपछि प्रहरीले अप्रिल २५ मा यसबारे मोरिस काउन्टीको प्रहरीलाई जानकारी दिएको थियो ।

उनी न्यूजर्सी राज्यस्थित ड्रीउ विश्वविद्यालयका विद्यार्थी रहेको जनाइएको छ । उनको उद्दार र खोजीका लागि क्राउड फन्डिङ गोफन्डमीमा २५ हजार अमेरिकी डलरभन्दा बढी जुटेको थियो । मेडिसन प्रहरी विभागले घटनाको छानविन गरिरहेको जनाएको छ । प्रहरी अधिकृत रोबर्ट जे क्यारलले उनी बेपत्ता भएपछिको घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको बताए । अजयको कोठामा गएर हेर्दा टेबुलमा आइ लभ यू ममी लेखेको नोट भेटिएको थियो ।

तर, उक्त नोटमा अन्य केही नलेखिएको र रद्दीको टोकरीमा फ्याँकिएको अर्को नोटमा अब केही गर्ने बेला आएको उल्लेख गरिएको थियो । उनले शो’क सन्तप्त शाहको परिवारप्रति समवेदना व्यक्त गरे । शाहको परिवारले मृतकको सर्टिफिकेट भने प्राप्त गरिसके को छैन । पुख्र्यौली घर सिराहमा रहेको र हाल उनको परिवार काठमाडौं कीर्तिपुरमा बस्दै आइरहेको जनाइएको छ । उनी साढे २ वर्ष ड्रीउ युनिभर्सिटीमा अध्ययन गर्दै आइरहेका थिए ।

प्रतिक्रिया दिनुहोस्