बुढानिलकण्ठमा देउवालाई भेटेपछि किन सिधै शीतलनिवास पुगे माधव नेपाल

काठमाडौं : नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल भर्खरै राष्ट्रपति भवन शीतल निवास पुगेका छन् । कांग्रेस सभापति शेरवहादुर देउवासँग छलफल गरेपछि उनी सिधै शीतल निवास पुगेका हुन् । साँझ देउवा निवास बुढानिलकण्ठमा करीव एक घण्टाको छलफल गरेका थिए । उनको दौडधुपलाई अर्थपूर्ण रुपमा लिईएको छ ।

साँझ देउवा निवास बुढानिलकण्ठमा करीव एक घण्टाको छलफलपछि राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न नेपाल शीतल निवास पुगेका हुन् । नेपाल पक्षलेका सांसदको सामुहिक राजिनामाको तयारी भइरहेको बेला उनी राष्ट्रपति भेट्न जानुलाई अर्थपूर्ण रुपमा लिइए को छ । नेपालले बुधबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जनता समाजवादी पार्टी जसपाका अध्यक्ष उपेन्द्र यादवसँग पनि छलफल गरेका थिए।

ओलीले विश्वासको मतको लागि संसद बोलाइसकेको अवस्थामा त्यसअघिनै देउवालाई अविश्वास प्रस्ताव ल्याउन र ओली वि’रुद्ध बहुमत पुर्याउन जति सांसदले राजिनामा दिनुपर्ने हो त्यति संख्या पुर्याउने आश्वासन नेपालले दिएका छन् ।एमाले मिलाउनका लागि ओली लाई दबाब दिलाउन नेपाल राष्ट्रपति भवन गएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्