कम मूल्यको स्टाइलिस मोटरसाइकल ल्याउँदै टीभीएस, कम्पनीले देखायो पहिलो तस्विर

काठमाडौं । भारतीय मोटरसाइकल उत्पादक कम्पनी टीभीएसले नयाँ मोटरसाइकल फिएरो बजारमा ल्याउने तयारी गरिरहेको छ । कम्पनीले यसको टिजर सार्वजनिक गर्दै नयाँ मोटरसाइकल बजारमा आउन तयार रहेको सन्देश दिएको हो ।

कम्पनीले ल्याउने फिएरो मोटरसाइकल १२५ सीसी क्षमताको हुने अनुमान गरिएको छ । कम्पनीले यसको इन्जिन, फिचर र मूल्यको विषयमा केहि जानकारी दिएको छैन। तरपनि कम्पनीले ल्याउने यो मोटरसाइकल कम मूल्य र १२५ सीसीको हुने विभिन्न रिपोर्टहरु बाहिर आएका छन् । कम्पनीले जारी गरेको टिजरमा मोटरसाइकलको आकर्षक हेडल्याम्पसँगै दिइएको डे टाइम रनिङ लाइट देख्न सकिन्छ ।

यहि तस्विरलाई आधार मान्ने हो टीभीएसले स्टाइलिस प्रोडक्टको रुपमा यसलाई बजारमा उतार्ने छ। मोटरसाइकल नेपालीको प्रिय सवारीसाधन मध्येमा पर्छ।मध्य वर्गदेखि उच्च धनाढ्यसम्मले शान र शौखका रूपमा मोटरसाइल प्रयोग गर्छन्। तर अहिले मोटरसाइकल सोखका लागि मात्र नभई अत्यावश्यक सवारी बनेको छ।

प्रतिक्रिया दिनुहोस्