राष्ट्रिय स्वाधीनता र स्वाभिमान उँचो राखेका छौं : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियता र स्वाधीनताको पक्षमा सरकारले ऐतिहासिक काम गरेको बताएका छन् । प्रतिनिधिसभामा बोल्दै प्रधानमन्त्री ओलीले सरकारले गरेका कामहरु आफैं बोल्ने बताए। ‘राष्ट्रियताको पक्षमा त्यति सुदृढ र सक्षम ढंगले अगाडि बढेको सरकारलाई विश्वास गर्न नपर्ने कुनै कारण छैन’, प्रधानमन्त्री ओलीले भने ।

अन्तर्राष्ट्रिय मञ्चमा नेपालको छवि बढाउन र नेपालीको इज्जत बढाउन सरकारले गरेको मेहेनत खेर नगएको ओलीको भनाई छ। ‘राष्ट्रिय हितको संवद्र्धनको पक्षमा , स्वाधीनता र स्वतन्त्रताको व्यवहारिका कार्यान्वयन गर्ने सन्दर्भमा, भौगोलिक अख’ण्डताको रक्षा र पहरेदारी गर्ने सन्दर्भमा, राष्ट्रिय हितलाई सर्वोपरी गर्ने सन्दर्भमा र राष्ट्रिय स्वाभिमानलाई माथि उठाउन सन्दर्भमा वर्तमान सरकारले कुनैपनि कसर बाँकी राखेको छैन ।

यसमा कुनै तर्क गर्नुपर्दैन । हाम्रा उपलब्धी आफैं बोल्छन्’, ओलीको भनाई थियो । संविधानलाई सर्वस्वीकार्य बनाउन सरकारले सधै प्रयत्न गरेको र संविधान विरुद्धको लागेकालाई पनि राजनीतिको मूलधारमा ल्याइएको प्रधानमन्त्रीको भनाई छ। ओलीले कोभिड निय न्त्रण गर्ने सरकारका प्रयासमा साथ दिन आग्रह गरे । ‘सरकारक प्रयासहरूमा साथ सहयोग दिन । यस अभियानमा सबै पक्ष एकजुट भएर सामेल हुन र कोभिडलाई पराजित गर्ने उत्तरदायित्व बहन गर्न म आग्रह गर्न चाहन्छु’ ओलीले भने। महामारी नियन्त्रण गर्न लाग्नुपर्ने भए पनि त्यसो नभएकोप्रति आफूलाई दुःख लागेको उनले बताए।

‘यस्तो परिस्थितिमा आज हामी स्थिरता र स्थायित्वका साथ एकतावद्ध भएर यस काममा एकजुट भएर लागेको हुनुपर्थ्यो,’ ओली भने, ‘तर, दुःखका साथ भन्नुपर्छ हामीले त्यसो गर्न सकेनौं । हाम्रा प्रयास, ध्यान जे कुरामा केन्द्रित हुनुपर्थ्यो, त्यो हुन सकेन ।’ सर कारले अप्ठ्याराको मात्रै सामना गर्नुपरेको भन्दै उनले भने, ‘सरकारले आफ्नो ध्यान कोभिड, जनजीवन, विकास निर्माणमा लगायो तर सरकारले अनेक अप्ठ्यारो समाना गर्नुपर्‍यो ।

प्रतिक्रिया दिनुहोस्