चीनसँग जोडिएको एउटा गाउँ, जुन को’रोनाबाट अझै सुरक्षित छ

गोरखा : को’रोना भाइरसको नयाँ भेरिएन्ट देशभर फैलिएर जनजीवन नराम्रोसित प्रभावित भएको छ । जिल्ला–जिल्लामा निषेधाज्ञा छ । संक्रमणबाट बच्न केन्द्र तथा स्थानीय सरकारले भौतिक दूरी र मास्क अनिवार्य गरिरहेका छन्। गोरखाको दुर्गम धार्चे गाउँपालिकाको केन्द्र माछाखोलाका अधिकांश बासिन्दा दुईसातादेखि रुघाखोकी र ज्वारोले ग्रस्त छन् ।

गाउँपालिकाका प्रमुख सन्तोष गुरुङसहित सातजना कोरोना संक्रमित छन् । अहिले त्यहाँ बालबालिका देखि वृद्ध वृद्धा सबैको मुखमा मास्क छ । सोही बजारबाट बूढी गण्डकीको किनारै किनार दिनभरको पैदल यात्रापछि पुगिने अर्को दुर्गम चुमनुब्री गाउँपालिका भने कोरोना महामारीबाट सुरक्षित छ । यहाँ न कोही संक्रमित छन्, न कसैको मुखमा मास्क देखिन्छ ।

चुमनुब्री गाउँपालिकामा पहिलो चरणको महामारीमा पनि कोही पनि संक्रमित बनेनन् । दोस्रो चरणको को’रोना म’हामारी चलि रहँदा चुमनुब्री गाउँपालिकाका सातवटै वडा अहिलेसम्म सुरक्षित रहेको छ । चुमनुब्री गाउँपालिका प्रवेश गर्ने जम्मा तीनवटा नाका छन् । सम्भावित संक्रमितले प्रवेश नपाउन् भनेर गाउँपालिकाले तीनैवटा नाकामा कडाइ गरेको छ ।

नेपालीहरु प्रवेश गर्ने एक मात्र प्रवेशद्वार जगत हो, त्यहाँ हेल्थ डेस्क राखिएको छ । त्यहाँ खटिएका दुई जना स्वास्थ्यकर्मीले ज्वारो तथा यात्रुको कन्ट्याक हिस्ट्री सोधपुछ गरेपछि मात्र बाटो खाली गरिदिन्छन् । अरु दुई नाका तिब्बती हुन्, जुन गत वर्षदेखि नै ठप्प छ । जङ्गली पशुपंक्षीबाहेक अरु केही प्रवेश गर्न पाउँदैनन् । चुमनुब्री गाउँपालिकामा सातवटा वडा छन् । अन्नपुर्ण पोस्टमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्