मृ,त्युअघि अभिनेता राहुल बोहराको भिडियो, अक्सिजनको साटो मास्क मात्रै लगाइ दिएर डाक्टर गएको गुनासो

एजेन्सी : अभिनेता राहुल बोहराको आइतबार नि’धन भएको छ । उनी को’रोनाद्वारा पी’डित थिए र आफ्नो उपचार गराइरहेका थिए । राहुलकी श्रीमती ज्योति तिवारी श्रीमानको वि’योगमा छिन् । यसै बीच उनले आफ्ना श्रीमानको न्यायको माग गरेकी छिन् । ज्योतिले सोसल मिडियामा एउटा पोस्ट लेखेकी छिन् । साथै राहुलको एउटा भिडियो सेयर गरेकी छिन् ।

जसमा उनले अस्पतालको लाप’रवाहीबारे कुरा गरिरहेकी छिन् । भिडियोमा राहुलले अक्सिजन मास्क हटाएर आजको समयमा यो निकै मूल्यवान् भएको बताइरेका छन् । उनले यो बिना बिरामी छ’ट’पटाउनले गरेको पनि बताए । त्यसपछि उनले पुनः मास्क लगा एर भन्छन् कि यसबाट केही आइरहेकै छैन । राहुल थप्छन्, ‘अटेन्डेन्ट आएकी थिइन् । मैले उनलाई यसबारे बताउँदा उनले एउटा बोतल हुन्छ र त्यसबाट यसमा पानी आइरहेको बताइन् ।

त्यसपछि उनी जान्छिन् । त्यसपछि फेरि उसलाई बोलाउ । आउन त आउँदैनन् । एक डेढ घण्टापछि आउँछन् त्यति बेलासम्म जसोतसो मिलायो। पानी छर्किने, यसलाई लगाउने । कसैलाई भन्यो भने एक मिनेटमा आउने भन्छन्, उनीहरु आउँदैनन्। म यो मास्क मात्रै के गरुँ ?’ राहुलकी श्रीमतीले लेखिन्, ‘हरेक राहुलका लागि न्याय । मेरा राहुल गए, यो सबैलाई थाहा छ तर कसरी ? यो कसैलाई पनि थाहा छैन । राजिव गान्त्री स्पेशलिटी हस्पिटल दिल्ली ।

यसरी उपचार गरिन्छ त्यहाँ । आशा गर्छु, मेरा श्रीमानले न्याय पाउनेछन्। अर्को राहुल यो दु’नियाँबाट बि’दा हुनु हुँदैन ।’ स्मरण रहोस्, राहुल बोहरले शनिबार फेसबुकमा एउटा पोस्ट लेखेर मानिसहरुलाई मद्दत गरिदिन अपिल गरेका थिए । त्यसको केही घण्टा पछि उनको नि’धन भयो । राहुल बोहराले लेखे, ‘मैले पनि राम्रो उपचार पाएको भए म पनि बाँच्थेँ । तिम्रो राहुल बोहरा । चाँडै नै जन्म लिनेछु र राम्रो काम गर्नेछु । अब हिम्मत हारिसकेको छु ।’ उनले आफूबारे थप जानकारी पनि साझा गरे ।

प्रतिक्रिया दिनुहोस्