साइकल र पैदलयात्री समाउन प्रहरीलाई भ्याई नभ्याई

बर्दिया । महामारीका बेला अक्सिजनको हाहाकार र कालोबजारी भइरहेको छ । अन्य औषधीजन्य सामग्रीमा पनि कालोबजारी भइरहेको छ । आइसोलेसन सेन्टरहरु बन्न सकिरहेका छैनन्। तर, यस्तो बेलामा सरकारको ध्यानचाहिँ सर्वसाधारण को हिँडडुल नियन्त्रणमा मात्रै केन्द्रित भएको छ ।

दिनहुँजसो मानिस र सवारी साधनलाई नियन्त्रणमा लिएर होल्डिङ सेन्टरमा राखिएको विवरण तयार पारेर केन्द्रमा पठाउने कार्यमा मातहतका सुरक्षाकर्मीहरु खटिएका छन्। तर, उनीहरुले यति आइसोलेसन सेन्टर बनाएर उदाहरणीय काम गरे भन्ने सकारात्मक खबर हरु आउने गरेका छैनन् । यसको एउटा उदाहरण बर्दिया जिल्लामा प्रहरी कार्यालयलाई लिन सकिन्छ ।

मंगलबार बर्दिया प्रहरीले १६२ वटा साइकल समातेको छ । त्यसैगरी ६७ वटा मोडर साइकल, ९ वटा गाडी र २२ वटा अटो रिक्सालाई समातेर होल्डिङ सेन्टरमा राखिएको प्रहरीले जनाएको छ । त्यसै गरी मंगलबार एकैदिन ४१६ जना मानिसलाई नियन्त्रणमा लिई कारवाही गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ । रातोपाटिवाट साभार

प्रतिक्रिया दिनुहोस्