पार्टीले एक असल र निष्ठावान् नेता गुमायो : प्रधानमन्त्री ओली

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले वाग्मती प्रदेशसभाका सदस्य तथा नेकपा (एमाले)का केन्द्रीय कमिटी सदस्य पशुपति चौलागाईंको नि’धनप्रति दुःख व्यक्त गरेका छन्। बुधबार विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री ओलीले यस दुःखद घडी मा चौलागाईंप्रति श्र’द्धासुमन अर्पण गर्दै नि’धनबाट शो’कमा परेका आफन्त, परिवारजन र शुभेच्छुकप्रति स’मवेदना प्रकट गरेका छन्।

एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले चौलागाईंको नि’धनबाट पार्टीले एक असल र निष्ठावान् नेता तथा दोलखाका जनताले इमान्दार जनप्रतिनिधि गु’माएको बताएका छन्। कोभिड–१९ को सङ्क्रमणबाट मङ्गलबार चौलागाईको नि’धन भएको थियो । प्रधान मन्त्री ओलीले भद्र, शालीन, मिलनसार छवि बनाएका चौलागाईंले जनताप्रति समर्पित जनप्रतिनिधिको भूमिका निर्वाह गरेको उल्लेख गरेका छन्।

‘एमालेको नेतृत्वमा भएको मुलुकको लोकतान्त्रिक, प्रगतिशील आन्दोलन र समृद्ध मुलुक निर्माणको अभियानमा उहाँले पुर्‍याउनु भएको योगदानलाई पार्टीले सधैँ स्मरण गर्नेछ”, विज्ञप्तिमा उनले भनेका छन् । चौलागाईं प्रतिनिधि सभा सदस्य, संविधानसभा सदस्य र तत्कालीन प्रजातान्त्रिक राष्ट्रिय युवा सङ्घ नेपालको अध्यक्ष समेत भएका थिए।

प्रतिक्रिया दिनुहोस्