जण्डिसका बिरामीले जता पनि पहेँलो देखे जस्तो जता पनि भ्रष्टाचार देखिरहेका छन् : प्रधानमन्त्री ओली

काठमाडौं : प्रधानमन्त्री केपी ओलीले भ्रष्टाचार र अनुचित लाभ लिने कार्य सह्य नभएको बताएका छन् । शुक्रबार तेस्रो कार्यकालका लागि प्रधानमन्त्रीको पद बहालीपछि बोल्दै ओलीले महामारीको रोकथाममा लाग्नुपर्ने समयमा सरकारका राम्रो काम नदेख्ने र अनियमितता गर्ने प्रवृत्ति उचित नभएको भन्दै यस्तो बताएका हुन्।

तेस्रो कार्यकालका लागि शपथ ग्रहणपछि शुक्रबार प्रधानमन्त्री तथा मन्त्रि परिषद्को कार्यालय सिंहदरबारमा पद बहाली गर्दै उनले मानवीय सेवाको उदात्त भावना अघिपछिभन्दा बढी प्रकट गर्न आग्रह गरे । महामारी नियन्त्रणमा सम्बन्धित नियमको पालना गर्न र कुनै अनियमितता हुन नदिन उनले सचेत गराए।

‘यति बेला सबै एकजुट भएर महामारीको रोकथाममा लाग्नुपर्नेमा सरकारका राम्रा कामलाई पनि अन्देखा गर्ने र असहयोग वा अनि’यमितता गर्ने प्रवृत्ति उचित होइन’, उनले भने, ‘कुनै पनि नाममा हुने भ्र’ष्टाचार वा अनुचित लाभ लिने कार्य सह्य छैन । सरकारले कडाइका साथ कारवाही गर्नेछ।’ प्रधानमन्त्री ओलीले सबै दल, नेता र कार्यकर्तालाई विकराल स्थितिमा संवेदनशील भएर विधि र कानुनको पालना गर्न आग्रह गरेका छन्।

ओलीले सरकारको विरोध गर्नेहरूले जता पनि भ्र’ष्टाचार देखेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । सरकारले गरेका प्रयास असफल पार्न खोज्ने, भ्र’मपूर्ण ढंगले प्रचार गर्ने र ज’ण्डिसको बिरामीले जता पनि पहेँलो देख्ने जस्तो जता पनि ‘भ्रष्टाचार देख्ने र काम गर्ने संस्था, व्यक्तिहरूलाई काम गर्न ह’तोत्साहित गर्ने प्रवृति भइरहेका छन्,’ प्रधानमन्त्री ओलीले भने ।

प्रतिक्रिया दिनुहोस्