मनकारी युवा ! ‘मानवीय सेवा हुनु त यस्तो पो’

काठमाडौँ, वैशाख ३१ गते । विपद्का अवस्थामा मानवीय सेवाका लागि धन नै चाहिन्छ भन्ने होइन, मन भए पुग्छ । चन्द्रा गिरि नगरपालिका– १२ का छ युवाले नगरपालिका सँगको सम’न्वयमा आफ्नो व्यवसायलाई नै मानवीय सेवामा लगाइ नयाँ उदाहरण देखाएका छन् । उहाँहरुले अहिले आफूसँग रहेका सवारी साधन मध्ये पाँचवटा कार तथा एक मोटरसाइकल गर्भवती, सुत्केरी,दीर्धरोगी तथा डायलोसिस लगयत अन्य बि’रामीलाई अस्पताल लैजान र ल्याउनको लागि निः शुल्क व्यवस्था गर्दै सेवा शुरु आत गरेका छन् ।

को’रोना महामारीका विषम अवस्थामा बि’रामीलाई सहज स्वास्थ्य सेवाको पुहँच सम्म पु¥याउन सो सेवा शुरु गरेका बताइएको छ । गुर्जुधारा स्थित भेहिकल एकेडेमी एण्ड रिसर्ज सेन्टरका सञ्चालक समेत रहेका युवा व्यवसायी राजेश घिमिरे (९८५१०२२१८९) ,राम नारायण घिमिरे (९८५१० ८८१९९) ,माधवप्रसाद अधिकारी (९८५१०८१४४१), विदुरप्रसाद अधिकारी( ९८५१०९५०२६) देवेन्द्र प्रधान (९८५१०४४८३३) र पूर्णप्रसाद श्रेष्ठले( ९८५११७१२३७) ले आजदेखि सेवा सञ्चालनमा ल्याउनुभएको हो ।

समाजसेवी राजेशले सेवा २४ सैँ घण्टा उपलब्ध हुने र सेवा ग्राहीले ती फोनमा सम्र्पक गरी सेवा लिन सक्ने बताउनुभयो । उहाँले भन्नुभयो “स्वास्थ्य मापद’ण्ड अनुसार ती सवारी साधन तयारी गरिएको छ र सञ्चालन हुन्छन् । यसका लागि आवश्यक चालक तयारी अवस्थामा छन् । बिरामीलाई चाहेका समयमा सेवा दिन्छौँ ।”कोरोनाका जोखिम हुन नदिन गतवर्ष जारी लक डाउनमा ती व्यवसायीले नगरपालिका द्वारा स्थापित विपद्कोषमा रु एकलाख सहयोग तथा विपन्न परिवारलाई खाद्यन्न तथा राहत वितरण गर्नु भएको थियो ।

नगरपालिकासँगको समन्वय र सहकार्यमा मास्क, स्यानिटाजर, हातधुने समाजिक अभियान समेत सञ्चालन गरेको रामनारायण बताउनुभयो । उहाँले भन्नुभयो“विपद्का समयमा राज्यले के दियो भन्दा पनि मानवीय सेवा दिन सेवा शुरुआत गरेका हौँ । हामी जो जहाँ छौँ, सबै मिलेर कोरोनालाई परास्त गर्न एक जुट होऔँ । सहयोगका हात अगाडि बढाऔँ । ” नगरपालिका स्वास्थ्य शाखासँग नगरक्षेत्रका मिर्गाैलाका डायलायसिस गराउनुपर्ने, क्यान्सरका किमो दिनुपर्ने तथा मुटुका बिरामी, तथा गर्भवती र सुत्केरी कति रहेका छन् भन्ने आधिकारीक तथ्याङ्क छैन ।

पछिल्लो समय नगरपालिकाले आफ्ना एम्बुलेन्सलाई कोरानो सङ्क्रमितका सेवामा लगाएको छ। “गतवर्षका लकडाउनमा नगरक्षेत्रका मिर्गाैला, क्यान्सर , मुटु रोगी तथा गर्भवती, सुत्केरीलाई समयमा अस्पताल पु¥याँउन धेरै समस्या भयो। कयौ बिरामीले गाडि मिलाइ दिनु प¥यो भनेर सम्पर्क गरे । यसपटकको नि’षेधाज्ञामा पनि यो पीडा कसैले पनि भोग्न नपरोस भनेर निः शुल्क याता यातको व्यवस्था मिलाएका हौँ।” भेहिकलका सञ्चालक माधव अधिकारीले भन्नुभयो । उहाँले को’रोना सङ्क्रमण, रोकथाम र नियन्त्रण अवधिभर सेवा जारी रहने जानकारी दिनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्