प्रेस काउन्सिलको अध्यक्षमा बालकृष्ण बस्नेत नियुक्त

काठमाडौं: नेपाल प्रेस काउन्सिलको अध्यक्षमा पत्रकार बालकृष्ण बस्नेत नियुक्त भएका छन्। बिहीबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले बस्नेतलाई चार वर्षका लागि काउन्सिलको अध्यक्षमा नियुक्त गरेको हो। भर्खरै सम्पन्न नेपाल पत्रकार महासंघको निर्वाचनमा महासचिव पदमा पराजित बस्नेत नेपाल टेलिभिजनको बोर्ड सदस्य हुन् ।

कान्तिपुर दैनिकमा लामो समय काम गरेका बस्नेत नेपाल पत्रकार महासंघका पूर्वकेन्द्रीय सदस्य हुन् । बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले दोलखाका बस्नेतलाई ४ वर्षका लागि काउन्सिलको अध्यक्ष नियुक्त गरेको हो। अहिले उनी खुला नेपालडटकमका सम्पा दक हुन् । यसअघि काउन्सिलको अध्यक्षमा दुर्गा पौडेल नियुक्त भए पनि सर्वोच्च अदालतले उनको नियुक्ति विरुद्ध अन्तरिम आदेश दिएको थियो ।

पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य बस्नेत हालै सम्पन्न निर्वाचनमा महासचिव पदमा कांग्रेस-माओवादी गठबन्धनसँग पराजित भएका थिए । चार वर्ष अघि काउन्सिलको अध्यक्षमा नियुक्त भएका भवानी वरालको कार्यकाल उनको नियुक्तिको योग्यता विवाद सर्वोच्च अदालतमा मुद्दामा परेपछि यसबीचका किशोर श्रेष्ठ र गोपाल बुढाथोकी कार्यवाहक भएरै बित्यो ।

प्रतिक्रिया दिनुहोस्