नुन, कागती र कालो खुर्सानीलाई पानीमा उमालेर बिहानै खानुस्, हुन्छन् यी फाइदा

काठमाडौं : बिहानीको खाजासँग दूध नछुटाउनुस् । बिहान खाइने खाजा, जस्तै मुस्ली, कर्नफ्लेक्समा दूध हालेर खाँदा ४० प्रतिशतसम्म भिटामिनहरू दूधमा घुल्न पुग्छन् र पोषण बढाउँछन्। नून, कागती र कालो खुर्सानीलाई पानीमा उमालेर एकाबिहानै खाने गर्नुभयो भने पेटका सबै समस्या गायब हुन्छन् ।

गाजर र अदुवाको रस ब्रेकफास्टसँग दिनदिनै खानुभयो भने तपाईंलाई हत्तपत्त बिरामीले छुनै सक्दैन । व्यायाम गर्नुअघि र व्यायामका बखत बरफ हालेको पानी पिउनुस् । चिसो कुराले तपाईंको सहनशीलता बढाउँछ भनी अध्ययनहरूले देखाएका छन् । बरफ युक्त पानीले तपाईंको शरीरलाई क्यालोरी खर्च गर्न लगाएर न्यानो बनाउँछ र मेटाबोलिजम बढाउँछ ।

नुहाइसकेपछि पहिला टाउको र घाँटी सुकाउनुस् ।यसो गर्दा तपाईं चिसोबाट बच्न सक्नुहुन्छ । कागती स्वास्थ्यका लागि निकै लाभदायी फल हो। स्वास्थ्यमा यसले पार्ने फाइदा र विशेष खालको स्वादका कारण कागती विभिन्न प्रकारका भोजनमा प्रयोग गरिन्छ। यसले तौल नियन्त्रण गर्नेदेखि लिएर क्यान्सर लाग्न नदिनेसम्मका काम गर्छ ।हेल्थ टिप्स डट्कम

प्रतिक्रिया दिनुहोस्