सचेत भए यसरी बच्न सकिन्छ कालो ढुसीबाट !

काठमाडौँ, जेठ २३ गते । नेपालमा को’रो ना स’ङ्क्रमण भइसकेका बिरामीमा कालो ढुसीको स’ङ्क्रमण समेत देखा परेको छ । समयमै सचेत भए कालो ढुसीबाट बच्न सकिने चिकित्सकको सुझाव छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देशका विभिन्न स्थानमा गरी १० जनामा कालो ढुसी रोग लागेको जानकारी दिएको छ । मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले को’रो ना स’ङ्क्रमण भई उपचार गराइरहेका र निको भइसकेकाहरूमा कालो ढुसीको रोग लागेको जानकारी दिनुभयो ।

डा.पौडेलका अनुसार हालसम्म वीरगञ्ज, काठमाडाँै, नेपालगञ्ज, कैलाली लगायतका ठाउँमा कालो ढुसीका रोगी पाइएको जानकारी छ। कालो ढुसी प्रा’ण घा’तक भएकाले सचेत रहनुपर्ने उहाँको भनाइ छ। केही दिन अघिसम्म कालो ढुसीको औषधि समेत नपाइ रहेको अवस्थामा सरकारले विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)लाई आग्रह गरेर एक हजार भाइल औषधि ल्याइसकेको छ ।

प्रवक्ता डा. पौडेलले तत्काल थप दुई हजार भाइल औषधि ल्याउने तयारी भइरहेको जानकारी पनि दिनु भयो । उहाँले स्वास्थ्य सेवा विभाग मार्फत १० हजार भाइल औषधि खरिद गर्ने तयारी भइरहेको जानकारी दिनुभयो । वरिष्ठ नाक, कान तथा घाँटीरोग विशेषज्ञ डा. ढुण्डी पौडेलले कालो ढुसी रोग लाग्नै नदिनेतर्फ लाग्नुपर्ने बताउँदै यसको स’ङ्क्रमण बढ्दै जाँदा शरीरका विभिन्न अङ्गमा क्षति पु-याउने जानकारी दिनुभयो ।

डा. पौडेलले कालो ढुसीको स’ङ्क्रमण भएका बिरामीमा ज्वरो आइरहने, अनुहार, मुख, नाक, आँखा वरिपरि दुख्ने, आँखा र नाक सुन्निने, रातो हुने वा दुख्ने लगायतका लक्षण देखिने जानकारी दिनुभयो। उहाँले यो रोग प्र’तिरोधात्मक क्षमता कम भएका व्यक्ति हरूमा देखिने भन्दै रोग लाग्नै नदिने तर्फ ध्यान दिनुपर्ने बताउनु भयो ।

मधुमेह रोग भएका व्यक्ति तथा एन्टिबायोटिक र स्टेरोइड औषधिको लामो समयसम्म प्रयोग गर्नेहरू कालो ढुसीको सिकार हुने भएकाले चिकित्सकको सल्लाह बिना एन्टिबायोटिक तथा स्टेरोइड जस्ता औषधि सेवन नगर्न उहाँले आग्रह गर्नुभयो । डा. पौडेलले कालो ढुसीको स’ङ्क्रमणबाट बच्न सफा र सुक्खा मास्क प्रयोग गर्ने, डिस्पोजेबल मास्क पुनः प्रयोग नगर्ने, नियमित रूपमा हात धुने, धेरै धुलो भएको स्थानमा नजाने, ओसिलो ठाउँमा पनि रोगको स’ङ्क्रमण हुने भएकाले ओसिलो ठाउँमा नजान आग्रह गर्नुभयो ।

उहाँका अनुसार कालो ढुसी एक व्यक्तिबाट अर्को व्यक्तिमा नसर्ने भन्दै शरीरमा रोग प्रतिरोधात्मक क्षमता नभएको अवस्थामा कालो ढुसीले सङ्क्रमण गर्ने जानकारीसमेत गराउनुभयो । कालो ढुसीका लक्षणहरूमा ज्वरो आउने, आँखा, नाक सुन्निने, नाक वरिपरिको छाला कालो हुने, नाकबाट बाक्लो सिँगान आउने, मुख, नाक तथा आँखा वरिपरि दुख्ने, आँखाले धमिलो देख्ने,आँखा सुन्निने जस्ता लक्षण देखा पर्ने उहाँले बताउनुभयो। को’रो नाको उपचारका क्रममा स्टेरोइड र एन्टिबायोटिक औषधि अत्यधिक सेवन गरेका व्यक्ति कालो ढुसीको उच्च जो’खिममा रहेको जानकारी डा. पौडेलले दिनुभयो ।

मास्क नियमित लगाउने, नियमित हात धुने वा सेनिटाइजरको प्रयोग गर्ने, घरबाहिर फोहोरमा काम गर्दा सचेत हुने, जथाभावी औषधि प्रयोग नगर्ने, मधुमेह भएका बिरामीले चिनीको मात्रालाई नियन्त्रण गर्ने, धुलो–धुवाँमा नबस्ने जस्ता सावधानी अपनाए म्यकुरमाइको सिसबाट बच्न सकिने उहाँले बताउनुभयो ।डा. पौडेलले रोग प्रतिरो’धात्मक क्षमता कम भएका बेला ब्याक्टेरियाले आ’क्र म’ण सुरु गर्ने बताउनुभयो। शरीरका विभिन्न भागबाट आँखामा उक्त स’ङ्क्रमण पुग्ने भन्दै उहाँले विस्तारै आँखालाई हेर्न नसक्ने बनाउन सक्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्