हेर्नुहोस आजको राशिफल : विसं २०७८ साल जेठ २४ गते सोमबार ।

काठमाडौं : विसं २०७८ साल जेठ २४ गते सोमबार । इस्वी सन् २०२१ जुन ०७ तारिख । नेपाल संवत् ११४१ । राक्षस संवत्सर । उत्तरायण । ग्रीष्म ऋतु । श्रीशाके १९४२ । जेठ कृष्णपक्ष । तिथि– द्वादशी, ११ घडी २७ पला, बिहान ०९ बजेर ४४ मिनेट उप्रान्त त्रयोदशी । नक्षत्र–भरुणी, अहोरात्र । योग–शोभन, ०३ घडी ०४ पला, बिहान ०६ बजेर २३ मिनेट उप्रान्त अतिगण्ड । काठमाडौँमा सूर्योदय बिहान ०५ बजेर ०९ मिनेट, सूर्यास्त बेलुकी ०६ बजेर ५६ मिनेट । दिनमान ३३ घडी २६ पला।

मेष राशि : पढाइलेखाइमा सुधार भएर जाने तथा उत्कृष्ट नतिजा हात लाग्नेछ । सामाजिक क्षेत्रमा तपाईंले गरेको काम समयमा सम्पन्न हुने हुँदा चर्चा चुलिनेछ। वि’लासी वस्तुहरूको प्रयोग गर्न पाइने तथा सानो प्रयत्नले भौतिक वस्तुहरू लाभ हुनेछन् । आफ्नो क्षमता प्रयोग गरी वा वैचारिक कुराले सबैलाई आफ्नो मातहतमा राख्न सकिनेछ । माया प्रे’ममा नजिक हुने समय रहेको छ भने जीवन साथीको सहयोग हर क्षेत्रमा रहने योग छ ।

बृष राशि : स्वास्थ्य सम्बन्धी सामान्य स’मस्या देखापर्न सक्ने तथा उपचार खर्च बढ्ने योग रहेको छ । अनावश्यक खर्च बढ्ने हुँदा दैनिक खर्च बढेर जानेछ। न्यून पारिश्रमिकमा दिनभर समय व्यातित गर्नुपर्दा अन्य काममा समय दिन सकिने छैन । अल्छी गर्ने बानीले कामहरू बिग्रन सक्छ । माया प्रेममा मन मु’टाव सिर्जना हुनेछ ।

मिथुन राशि : आर्थिक व्यावस्थापन तथा रुपैयाँ पैसाको कारोबार गर्दा ध्यान दिनुहोला, सही तरिकाले बाँडफाट गर्न नसक्दा काम थाँती रहनेछन् । पैत्रिक धन तथा सम्पत्तिमा विवाद आउने योग रहेको छ भने दाजुभाइसँग काम गर्दा सामान्य मनमुटाव हुनेछ । पढाइ लेखाइमा मन नजाने हुनाले नतिजा अरूकै पोल्टोमा जानेछ । माया प्रे’मका को’पिलाहरू फक्रन नपाउने हुनाले मन दुःखी हुनेछ । अरूकै पछि लागेर हिँड्नाले उपलब्धि नहुने तथा आफ्ना काम थाँती रहनेछन् ।

कर्कट राशि : सम्मानित काम सम्पादन गर्न सकिनेछ । अध्ययन तथा अध्यापनमा सहकर्मीको साथले नयाँ कुराको खोज तथा अनुसन्धान गर्न सकिनेछ भने सार्थक नतिजाले उत्साह जगाउनेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना भनाइ वा लेखहरू जनमानसमा लैजान सकिनेछ । दैनिक उपभोग्य वस्तु, औषधि तथा अनलाइनबाट सप्लाई हुने सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ ।

सिंह राशि : यात्रा गर्दा ध्यान दिनुहोला, बाटोमा दुःख हुन सक्छ । सामाजिक कामको सिलसिलामा व्यास्त हुने समय रहेको भए पनि प्रतिफल शून्य जस्तै हुने छ । राजनीति तथा समाजसेवामा गरिएको लगानी बालुवामा पानी जस्तै हुने छ । मान सम्मान तथा इज्जत प्रतिष्ठामा दाग लाग्न सक्छ, ख्याल गर्नुहोला । नीति निर्माण तहमा तपाईंको सहभागिताले महत्त्वपूर्ण भूमिका खेल्ने भए पनि आफ्नै साथीबाट आलोचना खप्नु पर्नेछ ।

कन्या राशि : काम गर्ने सवालमा आलोचनाको शिकार हुँदा मन खिन्न हुनेछ । व्यापारमा लगानी गरे पनि आम्दानी कम हुने हुनाले दैनिकी प्रभावित हुनेछ । पढाइलेखाइमा मन नजाने हुनाले अरूभन्दा पछि परिनेछ । स्वास्थ्यमा समस्या आई औषधि खर्च बढ्ने योग रहेको छ । कार्य क्षेत्रमा आउने विवादले दैनिक काममा समस्या निम्तिनेछ । माया प्रेममा एकअर्काबीच अविश्वास बढ्ने योग रहेको छ ।

तुला राशि : मायाप्रेम तथा पतिपत्नीबीचको सम्बन्धमा विश्वासको वातावरण मजबुत भएर जानेछ । पारिवारिक माहोलमा दिन वित्न तथा मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्ने छ । विद्या तथा प्रतिस्पर्धामा अरूलाई पछिपारी आफू अगाडि बढ्ने समय रहेको छ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोगमार्फत आफ्ना भनाइ वा लेखहरू जनमानसमा लैजान सकिनेछ ।

बृश्चिक राशि : न्यालयबाट हुने व्यायिक निर्णय तपाईंकै पक्षमा फैसला हुनाले खुसीले उचाइ नाघ्नेछ । पढाइलेखाइमा नसोचेको सफलता हात लाग्नेछ । आफन्त तथा मावली पक्षबाट भनेजस्तो सहयोग पाइने हुँदा आँट तथा पराक्रम बढेर जानेछ । पुराना समस्या सल्ट्याउन सकिने तथा नयाँ कामको थालनी गर्न सकिनेछ । प्रे’ममा सामिप्यता बढेर जाने तथा उपाहार प्राप्तिको गतिलो योग रहेको छ ।

धनु राशि : व्यापार व्यावसायमा सन्तोष जनक फाइदा हुनेछ। विद्या तथा प्रतिस्पर्धामा सफलता पाउन अलि बढी नै सङ्घर्ष गर्नुपर्नेछ। माया प्रे’ममा धो’का हुन सक्छ भने एकोहोरो माया प्रेमले सताउनेछ । सन्तान तथा छोराछोरीबाट तपाईंको काममा सहयोग हुने छैन । खानपानमा ध्यान नदिए स्वास्थ्य सम्बन्धी स’मस्या आउने तथा औषधि उपचार खर्च बढ्नेछ ।

मकर राशि : पहिलेका कमी कमजोरीहरूलाई सुधार्ने अवसर आउनेछ। ठूला तथा विशिष्ट योजनाहरू कार्यान्वयन गर्नका लागि केही समय पर्खनु नै राम्रो हुनेछ। आफन्त तथा आमासँग सानो सानो कुरामा विवाद बढ्ने योग रहेको छ । पढ्ने लेख्ने कामका खासै मन नजाँदा अरूभन्दा पछि परिनेछ । व्यापार व्यावसायमा समय दिए पनि खासै उपलब्धि हासिल हुने छैन भने घर जग्गाको कारोबारबाट केही मात्रामा लाभ लिन सकिनेछ ।

कुम्भ राशि : मु’द्दा मामिला तथा अदालतबाट हुने फैसला तपाईंकै पक्षमा आउनेछन् भने प्रतिस्पर्धीलार्ई प’रास्त गर्दै अगाडि बढ्न सकिने छ । विद्यार्थी वर्गहरूले पढाइमा मिहिनेत गरी राम्रो नतिजा ल्याउन सक्ने छन् । पारिवारिक माहोलमा दिन बित्ने तथा मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । कृषि तथा पशुपालन व्यावसायमा लगानी गरी राम्रै आम्दानी गर्न सकिनेछ ।

मीन राशि : बोल्दा वा कुनै निर्णय गर्दा ख्याल गर्नुहोला बोलीको गलत अर्थ लाग्ने तथा तपाईंको निर्णय तपाईं आफैलाई आत्म घा’ती हुन सक्छ । आफन्त, साथीभाई तथा कुटुम्बसँग मनमुटाव बढ्नेछ । खोज तथा अनुसन्धानमा दिएको समय त्यसै खेर जान सक्छ, ध्यान दिनुहोला । माया प्रे’ममा सानो कुराले मन मु’टाव सिर्जना हुन सक्छ । खानपानमा ध्यान नदिँदा स्वास्थ्य सम्बन्धी स’मस्या आउनेछ । तपाईंको दिन शुभ रहोस् । युवा ज्योतिषी डीपी भण्डारी, ज्योतिष परामर्ष सेवा केन्द्र ।

प्रतिक्रिया दिनुहोस्