आजको राशिफल : बुधबार तपाईंको भाग्यफल कस्तो छ ?

काठमाडौं : विसं २०७८ साल जेठ २६ गते बुधबार । इस्वी सन् २०२१ जुन ०९ तारिख । नेपाल संवत् ११४१ । राक्षस संवत्सर । उत्तरायण । ग्रीष्म ऋतु । श्रीशाके १९४२ । जेठ कृष्णपक्ष । तिथि–चतुर्दशी, २१ घडी २० पला, दिउँसो ०१ बजेर ४१ मिनेट उप्रान्त औँशी । नक्षत्र–कृतिका, ०९ घडी ५० पला, बिहान ०९ बजेर ०५ मिनेट उप्रान्त रोहिणी । काठमाडौँमा सूर्याेदय बिहान ०५ बजेर ०९ मिनेट, सूर्यास्त बेलुकी ०६ बजेर ५७ मिनेट । दिनमान ३३ घडी २९ पला ।

मेष राशि : विभिन्न अवसर आए पनि समयको गतिसँग अगाडि बढ्न नसक्दा पछि परिनेछ । आफन्त तथा कुटुम्बसँग मन मु’टाव हुने योग रहेको छ । सभा समारोहमा तयारीबिना नै दिइने प्रस्तुतिले कुनै अर्थ नराख्न सक्छ, ध्यान दिनुहोला । पढाइ लेखाइमा कमजोर भएको महसुस हुनेछ भने नतिजा अरूतिर नै जानेछ । खानपानमा विशेष ध्यान दिनुहोला, खानपानको तालमेल नमिल्दा स्वास्थ्यमा स’मस्या आउनेछ ।

बृष राशि : राजनीति तथा समाज सेवामा गरिएको लगानीबाट भने जस्तो उपलब्धि हासिल हुने छ भने राज्यबाट पदप्रतिष्ठा पाउने योग छ । दैनिक उपभोग्य वस्तु, औषधि तथा अनलाइनबाट सप्लाई हुने सामानको व्यापार व्यावसाय फ’स्टाएर जानेछ । सुन्दर तथा वि’लाशी वस्तुको प्रयोग गर्न पाइने तथा सुन्दर वस्त्र पहिरन अरूको मन आफूतिर आकर्षित गर्न सकिनेछ । पढाइ लेखाइमा उत्कृष्ट नतिजा हात पार्दै अगाडि बढ्न सकिने ग्रहयोग रहेको छ ।

मिथुन राशि : अध्ययनमा मन सुधार हुँदै जानेछ भने आफन्त तथा सहयोगीहरुको सहयोगले शरीरमा थप ऊर्जा बढ्नेछ । माया प्रे’ममा रमाउन चाहनेहरुका लागि समय मध्यम रहेका छ । औ’षधिजन्य तथा खाद्यान्नसँग सम्ब’न्धित सामानको उत्पादन तथा व्यापार व्यावसाय फस्टाएर जानेछ भने अन्य क्षेत्रमा गरिएको लगानीमा मन्दी आउनेछ । तर पनि बाहिरी वातावरण तथा मौसमको ख्याल गर्नुहोला, स्वास्थ्यमा समस्या आउन सक्छ ।

कर्कट राशि : भौतिक सम्पत्ति तथा सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला, नराम्रा घ’टना घट्न सक्छ । प्राकृतिक स्रोत तथा सरकारी धनको सही परिचालन गर्न नसक्दा आम्दानीका बाटा साँघुरा हुने छन् । पढाइ लेखाइ तपाईं आफ्नै कारणले बिग्रनेछ भने मनोबल कमजोर हुने हुँदा अरू प्रतिस्पर्धामा अरूभन्दा पछि परिनेछ । प्रे’ममा एक अर्काबीच वैमन’स्यता बढेर जाने योग रहेको छ भने जीवन साथीसँग अविश्वास बढेर जानेछ ।

सिंह राशि : पढाइलेखाइमा प्रशस्त समय दिन सकिने हुँदा भनेजस्तो उपलब्धि हासिल गर्न सकिनेछ । नोकरीका बढोत्तरीको गतिलो योग रहेको छ। लगनशील तथा इमानदारिताले समाजका मान सम्मानमा वृद्धि भएर जानेछ । प्रे’म प्रसङ्गको गाँठो कसिलो भएर जानेछ भने नयाँ ठाउँबाट प्रे’म प्रस्ताव आउने अधिक सम्भावना रहेको छ । दैनिक उपभोग्य वस्तु, औषधि तथा अनलाइनबाट सप्लाई हुने सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ ।

कन्या राशि : परिवार तथा आफन्तजनसँग मन मु’टाव बढ्नेछ । पति प’त्नी तथा माया प्रे’ममा अविश्वास सिर्जना हुनेछ । सवारीसाधन तथा यात्रा गर्दा विशेष ध्यान दिनुहोला, दुर्घ’टना तथा अ’प्रिय घटना घट्न सक्छ । विद्या तथा प्रतिस्पर्धा मा सफलता पाउन निकै नै मिहिनेत गर्नुपर्नेछ । स्वास्थ्य सम्बन्धी स’मस्याले सताउनेछ भने आफन्त तथा विश्वास गरेकैहरुबाट धोका हुनेछ ।

तुला राशि : सानातिना घरेलु समस्याले साताउने छ भने सानो काम सम्पादन गर्न पनि दिनभर समय लाग्ने छ । समयले साथ नदिँदा हुनै लागेको काम बिग्रने तथा अरूकै पोल्टोमा जाने छन् । व्यापारमा तत्काल लगानी गर्ने समय नरहेकाले केही समय पर्खनु उचित हुनेछ भने बैङ्क तथा वित्तीय क्षेत्रमा गरिएको लगानी भने फस्टाएर जानेछ । अध्ययनमा मन नजाने हुनाले अरूभन्दा पछि परिनेछ । माया प्रे’ममा रमाउन चाहनेहरुका लागि समय उत्तम रहेको छ ।

बृश्चिक राशि : दैनिक उपभोग्य वस्तु, औषधि तथा अनलाइन बाट सप्लाई हुने सामानको व्यापार व्यावसाय फस्टाएर जाने छ । मानव निर्मित भौतिक सम्पत्ति तथा विलाशी सामान प्राप्त हुने योग रहेको छ । पढाइ लेखाइमा अरूलाई किनारा लगाउँदै आफन्त तथा गुरुहरुको नाक राख्न सकिनेछ । माया प्रे’ममा रामाउन चाहनेहरुले सँगै बसेर भलाकुसारी गर्न पाउने समय रहेको छ ।

धनु राशि : विद्या तथा प्रतिस्पर्धामा प्रतिस्पर्धीहरुलाई किनारा लगाउँदै नतिजा आफ्नो पोल्टोमा पार्न सकिने छ । आफन्त तथा मावली पक्षबाट हरेक क्षेत्रमा सहयोग तथा समर्थन पाइने योग रहेको छ । श’त्रु परा’स्त हुनेछन् भने न्यायालयबाट हुने न्यायिक निर्णय तपार्इंकै पक्षमा हुने हुनाले खुसीले उचाइ नाघ्नेछ । दैनिक उपभोग्य वस्तु, औषधि तथा अनलाइनबाट सप्लाई हुने सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ ।

मकर राशि : विद्या तथा प्रतिस्पर्धामा सफलता पाउन अलि बढी नै सङ्घर्ष गर्नुपर्नेछ । माया प्रे’ममा धोका हुनसक्छ भने एकोहोरो माया प्रे’मले सताउनेछ । सन्तान तथा छोराछोरीबाट तपाईंको काममा सहयोग हुने छैन। बौद्धिक कार्यमा सह भागी भई आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर प्राप्त हुनेछ भने सोचेजस्तो पारिश्रमिक नपाउँदा मन खिन्न हुनेछ । खानपानमा ध्यान नदिए स्वास्थ्य सम्बन्धी स’मस्या आउने तथा औषधि उपचार खर्च बढ्नेछ ।

कुम्भ राशि : समाजसेवामा समय व्यतित हुनेछ भने आफ्नो काम थाँती रहने छ । कृषि तथा पशुपालनमा गरिएको लगानीबाट मनग्य आम्दानी हुनेछ । अध्ययन तथा अनुसन्धानबाट सकारात्मक नतिजा हात लाग्ने छ । आमा वा आमा सरहका मानिससँग अलग्गिएर लामो यात्रा गर्नु पर्दा मनमा खिन्नता पैदा हुनेछ । माया प्रे’ममा सामी’प्यता बढेर जानेछ भने पतिपत्नी बीचको सम्बन्धमा थप बिश्वास थपिनेछ ।

मीन राशि : दाजुभाइ तथा छिमेकीबाट तपार्इंले सुरु गरेको काममा सहयोग तथा समर्थन हुने हुँदा मन प्रसन्न हुनेछ । माया प्रे’ममा एक अर्काको भावना बुझ्न सकिने हुँदा थप प्रगाडता बढेर जाने छ। पढाइ लेखाइ प्रगतिकै बाटोमा अगाडि बढ्ने योग रहेकोछ । औषधिजन्य तथा खाद्यान्नसँग सम्बन्धित सामानको उत्पादन तथा व्यापार व्यावसाय फस्टाएर जानेछ भने अन्य क्षेत्रमा गरिएको लगानीमा मन्दी आउनेछ । तपाईंको दिन शुभ रहोस् । युवा ज्योतिषी डीपी भण्डारी, ज्योतिष परामर्ष सेवा केन्द्र ।

प्रतिक्रिया दिनुहोस्