महानायक राजेश हमालले धरहराको बार्दलीमा काटे जन्मदिनको केक (भिडियो)

काठमाडौं– नेपाली फिल्मका महानायक राजेश हमालको जन्मदिन प्राय: सधैं नै विशेष हुने गर्दछ । यसपटकको जन्मदिनलाई महानायक हमालले अझ विशेष बनाएका छन्। जून ९ तारिक अर्थात बुधवार परेको आफ्नो जन्मदिनको दिन अभि नेता हमालले झण्डै आधा दर्जन बढी केक काटेका छन् ।तीमध्ये सबैभन्दा विशेष रह्यो हालै निर्माण सम्पन्न भएको नवनिर्मित धरहराको बार्दलीको केक कटाइ ।

महानायक हमालले धरहराबाट वरिपरिको दृश्यावलोकनका लागि २० औं तल्लामा बनाइएको बार्दलीमा केक काटेका हुन् । महानायक हमालले धरहरा निर्माणका लागि दिनरात काम गरिरहेका मजदुरहरुको हौसला बढाउने उदेश्यले आफ्नो जन्मदिनमा धरहरामा केक काटेको जनाएका छन् ।बुधवार दिउँसो अभिनेता हमालले धरहराको टुप्पोमा केक काट्ने क्रममा उनकी धर्मपत्नी मधु भट्टराई पनि संगै थिइन् ।

यसका साथै आफ्नो जन्ददिनजको दिन अभिनेता हमाल दिनभरीनै व्यस्त रहे ।अनुहारमा मास्क र फेसशिल्ड सहित बिहानै मन्दिर दर्शन गरेपछि उनले केही स्थानममा राहत समेत वितरण गरेका छन् भने स्कूल बालबालिकाको हौसला बढाउन नाचगान समेत गरेका छन् । राति भने उनले केही आफन्तहरुसंग घरमै केक काटेको उनले सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गरेका तस्बिर तथा भिडियोबाट अनुमान लगाउन सकिन्छ । भिडियो यहाँ लिंकमा छ

प्रतिक्रिया दिनुहोस्