तीन वर्षपछि कलाकार निशा घिमिरेको उद्धार

काठमाडौं : दुर्घ’टनामा परेर तीन वर्षदेखि मृ,त्युशैयामा छ’टप’टाइ रहेकी कलाकार निशा घिमिरेको उद्धार गरिएको छ । बिहीबार नर्भिक अस्पतालका प्रबन्ध निर्देशक मेघा चौधरीले कलाकार घिमिरेको उद्धार गरेकी हुन्। तीन वर्षअघिसम्म मिडियामा छाउने गरेकी मोडल निशा घिमिरेको अहिलेको अवस्था पत्याउ नै नसक्ने ‘द’र्दनाक’ रहेको छ । चलेकी मोडल निशा आर्थिक अभावका कारण उपचार नपाउँदा घरमै अ’र्धचेत अवस्थामा थ’न्किएकी थिईन् ।

तीन वर्षअघि अभिनयको कोर्स पढ्न उनी भारतको देहरादून जाँदै गर्दा सडक दुर्घ’टनामा परी ग’म्भीर घा’इते भएकी थिइन् । दुर्घ’टना लगत्तै उनको भारतकै अस्पतालमा उपचार गरिएको थियो। तर, त्यहाँको अस्पतालको उपचार महङ्गो भएपछि कमजोर आर्थिक अवस्थाका उनका बुबाआमाले छोरीलाई नेपालमै ल्याएका थिए । काठमाडौंमा ल्याएर ट्रमा सेन्टरमा राखेर ३ महिनासम्म उपचार गरिएको थियो ।

तर, उनको अवस्थामा सुधार हुन सकेन । त्यसपछि चिकित्सकहरु कै सल्लाह अनुसार उपत्यकाका विभिन्न क्षेत्रका थेरापी सेन्टरहरुमा कलाकार घिमिरेको लगातार थेरापी गरिएको थियो। नियमित थेरापी गर्न समेत आर्थिक अभाव भएको र त्यही बीचमा को’रो नाको सं’क्रमण समेत बढेपछि उनी घरमै थन्किएकी थिइन् । ‘आमाबुबा दैनिक ज्यालादारी गर्न जानुपर्ने भएकोले उनको पर्याप्त हेरविचार समेत हुन सकेन ।’

उनलाई नजिकबाट चिन्ने र उद्धारका लागि समन्वयकर्ताको भूमिका खेलेका नवजीवन परोपकार समाजका संचालक दुर्गानाथ दाहालले भने–‘कलाकार घिमिरेको द’र्दना’क अवस्थाको विषयमा मैले फेसबुकमा पोस्ट गरेको थिएँ, त्यसमा नर्भिककी प्रबन्ध निर्देशक चौध रीले चासो राख्नुभयो र उहाँले आफ्नो समन्वयमा उपचार प्रबन्ध मिलाउने भनेर उ’द्धार गर्ने व्यवस्था मिलाउनु भएको हो ।’

दाहालका अनुसार दुर्घ’टना अघि ६० केजी भन्दा बढी तौल रहेको कलाकार घिमिरे आहार, हेर विचार र उचित उप’चारको अभावमा सुकेर २० केजीमा सीमित भएकी छिन् । झट्ट हेर्दा ‘३ वर्षअघिकी कल कला’उँददी निशा नै अहिलेको अस्थि’पञ्जर मात्र बाँकी रहेको मान्छे हो’ भनेर कसैले नपत्याउने दाहाल सुनाउँ छन् । ‘को’रो ना कालमा निशा बहिनीलाई केही सहयोग गर्न म उहाँको ललितपुर स्थित बतासेमा रहेको घरमा पुगेको थिएँ, अवस्था द’र्दना’क देखेपछि मैले सहयोगको अपील सहित पोष्ट गरेँ ।’ दाहालले भने–‘मनकी धनी मेघा चौधरी ज्यूले म उपचार गर्छु भनेर उ’द्धार गर्नुभयो । म धेरै खुशी छु ।’

यो अवधिमा निशाको अवस्थाको बारेमा समाचारहरु समेत प्रकाशन भएका थिए । तर, उनलाई उद्धार गर्न, उचित उपचार व्यवस्था मिलाउन कसैले पनि सहयोग गरेनन् । बिहीबार बिहान कलाकार घिमिरेको उ’द्धार गरिएको थियो। उनलाई लिन नर्भिक अस्पताल को एम्बूलेन्स गएको थियो । हाल उनको नर्भिक अस्पतालमा राखेर उपचार थालिएको छ । प्रारम्भिक जाँचको क्रममा उनमा नशाको समस्या देखिएको छ ।

शरीरका महत्वपूर्ण अंगहरु जस्तै, मुटु, मृगौला, कलेजो, फोक्सो लगायतमा ठूलो स’मस्या देखिएको छैन । नर्भिकका चिकित्सकहरुले निशाको अवस्थामा सुधार हुने अपेक्षा गरेका छन् । ‘पहिला जस्तै मो’डलिङ नै गर्ने गरी त ठीक नहोला ।’ चिकित्सकहरुलाई उद्धृत गर्दै दुर्गा दाहालले भने–‘तर कम्तीमा आफैं हिँडडूल गर्नसक्ने, आफैं खान सक्ने र केही बोल्न सक्नेसम्म पनि भयो भने पनि धेरै हुन्छ ।’

हाल निशा बोल्न सक्दिनन् । अरुले खुवाइ दिनुपर्छ । कसैले केही कुरा गर्यो भने सुन्न सक्छिन् र आँसु बगाउने गर्छिन् । जवाफ दिन वा अरुलाई रेसपोन्स गर्नसक्ने अवस्थामा छैनन्। हातखुट्टा नै कुँजिएर ओछ्यान परेको ३ वर्षपछि चौधरीको पहलमा उनको उद्धार भएकोमा छिमेकी र उनका अभिभावक समेत खुशी छन् । ‘यो कलियुगमा पनि भगवान हुँदा रहेछन् । मेरी छोरीलाई उद्धार गर्नेको भलो होस् ।’ निशाका बुबाले भने–‘छोरी जिउँदो ला,श भएर लडेकी ३ वर्ष भयो ।

अब चाहिँ थोरै भए पनि उठ्छे कि भन्ने आशा पलाएर आएको छ ।’ उद्धारकर्ता नर्भिक अस्पतालकी प्रबन्ध निर्देशक मेघा चौधरीले घिमिरेको द’र्द’नाक अवस्था फोटोमा देखेपछि आफूले उद्धार गरेको बताइन्। अब आफ्नै समन्वयमा उनको संभव हुनेजति उपचार गरिने उनले जानकारी दिइन् । समाज सेवामा समेत सक्रिय चौधरीले यसअघि पनि स’मस्यामा परेका दर्जनौ अस’हायलाई उ’द्धार गरी निःशुल्क उपचारको व्यवस्था गरिसकेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्