को’भिड जितेका पोल्याण्डका नागरिक पोलिस नागरिक भन्छन्- ‘नेपालमा पनि युरोप स्तरको अस्पताल रहेछ’

काठमाडौं : विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरो चुम्न आएका पोल्याण्डका नागरिक टोमास्ज ज्याबोकलिकीलाई आधार शिविरमा पुगेको केही दिनमै एकाएक ज्वरो आयो। शरीर थिलथिलो भएपछि उनको तत्काल पीसीआर चेक गरियो। को’भिड १९ को सं’क्रमण पुष्टि भयो। उनीसँगै उनको टिमका तीन जनामा सं’क्रमण देखियो।

अरुको अवस्था सामान्य भए पनि ६३ वर्षीय टोमास्जको अवस्था भने जटिल बन्दै गयो । स्वयं उनलाई पनि आफू बाँच्छु जस्तो लागेको थिएन रे ! ‘नेपालमा युरोपमा जस्तो स्वास्थ्य सेवा नपाइएला, अब यतै म’र्नुपर्ने अवस्था बन्ने भयो भन्ने लागेको थियो ।’ बुधबार स्वदेश फर्किनु अघि थापाथलीस्थित नर्भिक अस्पतालबाट डिस्चार्जको कागजात बुझ्दै टोमास्जले भने–‘तर, यहाँ पनि युरोपका झै स्तरीय अस्पताल रहेछन्।’

उनले आफूले हचु’वाको भरमा नर्भिक अस्पतालको सेवालाई युरोपका अस्पतालले दिने सेवासँग तुलना नगरेको पनि प्रष्ट्याए । ‘मैले यो कुनै कथा भनि रहेको छैन, यो यथार्थ हो।’ उनले भने–‘नर्भिकको मेडिकल प्रोसेड्यूर र सेवा युरोपकै जस्तै रहेछ । मैले यहाँ बस्दाका प्रत्येक प्रोसेड्यूरको विषयमा युरोपस्थित मेरा निजी चिकित्सकहरूलाई जानकारी गराउने गरेको थियो, उनीहरूले पनि नर्भिकको मेडिकल प्रोसेड्यूर चेक गरे।

नर्भिकका डाक्टरहरूलाई पनि युरोपका मेरा डाक्टरहरूसँग निरन्तर सम्पर्क गराएका थिए। सो क्रममा मेरा निजी डाक्टरहरूले नै पनि ‘नर्भिकको सेवा तथा उपचार प्रक्रिया युरोपको जस्तै रहेको’ भनेका छन् । को’भिड सं’क्रमणबाट ग्रस्त भई गम्भीर बनेका उनी करिब एक महिना लामो उपचारपछि ठीक भएका हुन्।

प्रतिक्रिया दिनुहोस्