विश्व प्रेस काउन्सिलद्वारा अध्यक्ष बस्नेतलाई शुभकामना

काठमाडौँ, जेठ २८ गते । विश्व प्रेस काउन्सिलले आफ्नो सदस्य राष्ट्र रहेको प्रेस काउन्सिल नेपालका नवनियुक्त अध्यक्ष बालकृष्ण बस्नेतलाई कार्यकाल सफलताको शुभकामना दिएको छ। आज भएको भर्चुअल छलफलमा विश्व प्रेस काउन्सिल का अध्यक्ष डा.सुले अकरले काउन्सिलका अध्यक्ष बस्नेतलाई स्वागत गर्दै सफल कार्यकालका लागि शुभकामना दिनुभयो ।

बस्नेत गत साता नियुक्त हुनुभएको थियो । अध्यक्ष सुलेले अभिव्यक्ति स्वतन्त्रताको रक्षार्थ विश्व प्रेस काउन्सिल रहेको भन्दै सन् १९८९ को क्वालालाम्पुर घोषणा पत्रमा सो कुरा उल्लेख भएको स्मरण गराउनुभयो । संस्थापक राष्ट्रहरू नेपाल, टर्की, भारत, अजरबैजान लगायतले घोषणापत्रमा उल्लेख भएको कुरालाई निरन्तरता दिएकोमा खुशी व्यक्त गर्नुभयो ।

अध्यक्ष बस्नेतले कोरोना महामारीमा सबै राष्ट्र प्रभावित भएको भन्दै सबैको साथ, सहयोग र सहकार्यबाट नै आचारसंहितको पूर्ण पालना हुने बताउनु भयो । महामारीबाट विश्वभरका पत्रकार र सञ्चारक्षेत्र नराम्ररी प्रभावित बनेकोमा गम्भीर चिन्ता व्यक्त गर्दै उहाँले महा मारीमा अखबार, पत्रिका, टिभी च्यानल, अनलाइन र अन्य डिजिटल मिडियाले प्रकाशन प्रसारणमा असर परेको उल्लेख गर्नुभयो । विश्व प्रेस काउन्सिलका महासचिव किशोर श्रेष्ठले नेपालमा को’रो नाबाट सात सय भन्दा बढी पत्रकार प्रभावित बनेको बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्