२३ वर्षीया मेघा घिमिरेलाई टिकटकमा २३ लाख फलोवर्स

काठमाडौँ – टिकटक नेपालमा चर्चित र लोकप्रिय छ । टिकटकको यो लोकप्रियता अहिले त झन झन् बढ्दो छ । कोरोना महामारीको दोस्रो लहार आएसँगै देशमा निषेधाज्ञा जारि छ। टिकटक यतिबेला निषेधाज्ञा घर भित्र रहन बाध्य भएका आम मानिसको मनोरन्जनको साधन बनेको छ । ‘लकडाउन’ले घरभित्रै रहँदा धेरै इन्टरनेट प्रयोगकर्ताका लागि टिकटक समय गुजार्ने रमाइलो माध्यम पनि बन्यो ।

टिकटकमा कैयौँ समुदाय जन्मिएका छन् जसको समान रुचि पाइन्छ। कुनै खास वर्ग वा त्यत्ति ख्यालठट्टाका निम्ति सामग्री बनाउनेहरू छन्। व्यापक प्रयोग र लोकप्रियताका चर्चामा छ । व्यापक प्रयोगकर्ताका बिच की एक प्रयोगकर्ता हुन् मेघा घिमिरे। विराटनगरकी २३ वर्षीया मेघा घिमिरेलाई टिकटकमा २३ लाख जनाले फलो गर्छन्।

पाँच वर्षअघि करे’न्ट लागेर दुवै हात गु’माएकी घिमिरे टिकटकबाट अरू मानिसहरूले दिने मायाले आफ्नो आत्मबल बढेको बताउँछिन्। उनी भन्छिन्, “भिडिओ हेरेर कसैको मेरो हिम्मत बढेको छ भन्नुहुन्छ, मलाई एकदम खुसी लाग्छ ।” उनले टिकटकमा पोस्ट गरेका भिडीयोहरुमा अहिलेसम्म ४ करोड ३८ लाख भन्दा बढी लाईक पाईसकेकी छिन ।

पहिला सुरुमा त्यतिकै रमाइलोको लागि भिडीयो बनाए पनि टिकटकवाट पाएको मायाले आफुलाई थप हौसला मिलेर अहिले दैनिक जसो भिडीयोहरु हाल्ने गरेको बताउँछिन्। अहिले उनले आफैले गर्न सक्ने कामहरुको भिडीयो हाली रहेकी छिन उनी भन्छिन, मेरा भिडीयोहरु हेरेर अरुको पनि हिम्मत बढेको छ भन्दा खुसि लागेको बताउँछिन् । उनी जन्मिदा दुवै हात लिएर जन्मिएकी थिईन तर १८ बर्षको कलिलो उमेरमा उनले करेन्ट लागेर दुवै हात गुमाउन पुगिन । थप उनको यो भिडीयो मार्फत हेर्नुहोस । भिडीयो यहाँ लिंकमा छ

प्रतिक्रिया दिनुहोस्