आजको राशिफल : बुधबार निकै राम्रो छ यी राशिको भाग्य !

काठमाडौं : वि.सं.२०७८ साल असार ०२ गते । बुधबार । ईश्वी सन् २०२१ जुन १६ तारिख । नेपाल संवत् ११४१ । राक्षस संवत्सर । उत्तरायण । ग्रीष्म ऋतु । श्रीशाके १९४२ । जेठ शुक्ल पक्ष । तिथि–षष्ठी, ३४ घडी ३८ पला, बेलुकी ०७ बजेर ०१ मिनेट उप्रान्त सप्‍तमी । नक्षत्र–मघा,३५ घडी २३ पला, बेलुकी ०७ बजेर १९ मिनेट उप्रान्त पूर्वाफाल्गुनी । काठमाडौंमा सूर्योदय बिहान ०५ बजेर ०९ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ५९ मिनेट । दिनमान ३३ घडी ३४ पला ।

मेष राशि : विगतका गल्ती तथा कमी कमजोरी हरुलाई सच्याउदै काम गर्न सकिनेछ । अध्ययनमा राम्रो सुधार गर्दै आफन्त तथा गुरु वर्गहरुको इज्जत राख्न सकिने समय रहेकोछ । औषधीजन्य तथा खाद्यान्नसँग सम्बन्धित सामानको उत्पादन तथा व्यापार व्यावसाय फस्टाएर जानेछ भने अन्य क्षेत्रमा गरिएको लगानीमा मन्दि आउनेछ । कृषि तथा पशुपालन व्यावसायमा लगानी गरि राम्रै आम्दानी गर्न सकिनेछ ।

बृष राशि : आमा तथा आमा सरहका मानिससँग वि’वाद बढ्ने योग रहेको छ । सामान्य छाती सम्वन्धी स’मस्या आउन सक्छ ख्याल गर्नु होला । प्रतिस्पर्धी हरुले काममा अवरोध पु¥याउन सक्छन् ध्यान दिनुहोला। अध्ययन तथा अध्यापनमा तपार्ईँ आफ्नै कारणले पछि पर्नुहुनेछ । व्यापार व्यावसायमा प्रसस्त समय दिनु पर्नेछ भने कृषी तथा पशुपालन व्यावसाय फस्टाएर जानेछ । आत्मिय साथी तथा आफन्तसँग मन मु’टाव बढ्ने योग रहेकोछ ।

मिथुन राशि : दाजु भाई तथा छिमेकीसँग सामान्य कुरामा मन मु’टाव सिर्जना हुने छ । यात्रा हुने भएपनि यात्राका क्रममा बिभिन्न बाधा अव’रोधहरूको सामना गर्नु पर्ने छ । न्यायालयबाट हुने न्यायिक निर्णयहरु तपार्ईँको पक्षमा नहुने हुनाले आज मु’द्दा मामिलामा सामेल नहुनुहोला । माया प्रे’ममा धो’का तथा विश्वास घा’त हुन सक्छ ध्यान दिनुहोला । उद्योग तथा व्यावसायमा लगानी गर्नको लागी केहि समय पर्ख र हेरको रणनीति अपनाउनु नै हितकर हुनेछ ।

कर्कट राशि : आफ्ना समस्याहरु परिवार तथा आफन्तले बुझ्ने हुदा काम गर्न सहज हुनेछ । थोरै बोलेर मनग्गे धन आर्जन गर्न सकिनेछ भने बोलिको प्रभाव बढ्ने हुँदा महत्वपूर्ण निर्णयहरु गर्न सकिनेछ । माया प्रे’ममा विश्वास बढ्ने छ भने जीवन साथिको सहयोगले नयाँ कामको थालनी गर्न सकिनेछ । बिद्यार्थीहरुले थोरै समय दिँदा पनि उत्कृष्ट नतिजा ल्याउन सक्नेछन् । व्यापार व्यावसाय फस्टाएर जाने हुनाले थप लगानीको वातावरण बन्नेछ ।

सिंह राशि : राजनीति तथा समाजसेवामा गरीएको लगानीबाट भने जस्तो उपलव्धी हासिल हुनेछ भने राज्यबाट पद प्रतिष्ठा पाउने योग रहेको छ । पढाइ लेखाइमा उत्कृष्ट नतिजा हात पार्दै अगाडी बढ्न सकिने ग्रहयोग रहेकोछ । दैनिक उप भोग्य बस्तु, औषधी तथा अनलाइनबाट सप्लाई हुने सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ । कृषि तथा पशुपालन व्यावसायमा लगानी गरि राम्रै आम्दानी गर्न सकिनेछ ।

कन्या राशि : कामगर्दा बिशेष सा’वधानी अपनाउनु होला, समयमा नसकिने हुँदा मान सम्मानमा कमी हुने छ । वाहिरी वातावरण तथा खानपानमा ध्यान दिनुहोला सामान्य स्वास्थ्य सम्वन्धी सम’स्या आउने छ । कर्म प्राप्तिको लागी विदेशमा हुनुहुन्छ भने सफल लाभदायी रहनेछ । पढाइ लेखाइमा मन नजाने हुनाले अरुभन्दा पछी परिनेछ ।

तुला राशि : घर परिवारमा आत्मियताको भाव बढ्नेछ भने मित्रताको ब’न्धन क’सिलो भएर जाने छ । प्राकृतिक स्रोत तथा साधनको प्रयोग मार्फत आम्दानी बढाउन सकिने छ । पै’त्रिक धन तथा सम्पती परिचालन गरी आम्दानीका बाटाहरु फराकिला बनाउन सकिनेछ । पढाइ लेखाइमा मन जाने हुनाले अरुभन्दा अग्र स्थानमा तपार्ईँको नाम आउनेछ । माया प्रे’ममा सा’मिप्यता बढेर जाने योग रहेकोछ ।

वृश्चिक राशि : ध्यान अन्यत्र मोडिँदा पढाइ लेखाइमा अरु भन्दा पछी परिनेछ। सरकारी तथा प्रशासनिक काममा सेवा प्रवाह गर्नेहरुले समयमा काम नगर्नाले महत्वपूर्ण अवसरहरू गुम्न सक्छन् ध्यान दिनुहोला। साथीभाई तथा परिवारकै मानिस बाट असहयोग हुनेछ भने काम गर्दा ख्याल दिनुहोला खुट्टा तान्नेहरू सक्रिय रहनेछन् । व्यावसायबाट भनेजस्तो आम्दानी गर्न निकै नै समय खर्चिन पर्नेछ । तरपनि कृषि तथा पशुपालन व्यावसायबाट भने आम्दानी वढाउन सकिनेछ ।

धनु राशि : सुरु गरीएका सामाजिक कामहरु समयमा नै सम्पन्न हुनाले मान सम्मानमा बृद्धि भएर जानेछ । विशिष्ट व्यक्ती हरुलाई आफ्नो बहसमा ल्याएर काम लिन सकिनेछ । पढाइ लेखाइमा उत्कृष्ट नतिजा ल्याउन सकिनेछ । खोज तथा अनुशन्धानमा समय लगानी गर्नेहरुले सकारात्मक नतिजा हासिल गर्न सक्नेछन् । माया प्रे’ममा सामिप्यता बढेर जानेछ ।

मकर राशि : आउने ठाउँबाट रुपैया पैसा नआउँनाले बनाएका योजनाहरु थाती हुनेछन् । व्यापारमा उधारो लगेर नतिर्नेहरु हाबी हुनेछन् भने आम्दानी नहुनाले दैनिकी प्रभावित हुनेछ । माया प्रे’ममा तित्तता आउने तथा दाम्पत्य जीवनमा एक अर्कालाई शंकाको दृष्टिले हेर्नाले घरमा समस्या उत्पन्न हुनेछ । समय र परिस्थितिको राम्रोसँग अध्ययन गरेर मात्र कुनै काम गर्नुहोला काम बिग्रन सक्छ । तरपनि बैक तथा शेयर बजारको लगानी भने फस्टाएर जानेछ ।

कुम्भ राशि : दा’म्पत्य जीवनमा एक अर्कालाई सहयोग गर्दै दैनिकी सुखद तथा सम्बद्ध बनाउन सकिने छ । दैनिक उपभोग्य बस्तु, औषधी तथा अनलाइनबाट सप्लाई हुने सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ । पढाइ लेखाइमा थोरै समय दिएपनि उत्कृष्ट नतिजा हात पार्न सकिनेछ । स्वास्थ्य सबल रहने हुँदा शरिरमा एक किसिमको जोस जागर आउनेछ । माया प्रे’ममा नजिकिने समय रहेको छ भने विलाशी तथा भौतिक वस्तु प्राप्तिको गतिलो योग रहेकोछ ।

मीन राशि : व्यापार व्यावसायमा लगानी गरे अनुशार प्रतिफल प्राप्त नहुँदा आर्थिक रुपमा कमजोर भएको महशुस हुनेछ । स्वास्थ्य सम्वन्धी समस्या आउने तथा दैनिक खर्च बढेर जाने छ । पढाइ लेखाइमा ध्यान नजादा अरुभन्दा पछी परिने छ । माया प्रेममा नजिक हुन खोजे पनि एक अर्काको भावना नबुझ्दा मन मु’टाव बढ्नेछ । न्यायिक निर्णयहरु तपार्ईँको पक्षमा नआउने हुनाले आजको दिन कुनै पनि वि’वादमा सामेल नहुनु होला ।

तपाईँको दिन शुभ रहोस्। यूवा ज्योतिषी डिपी भण्डारी ज्योतिष परामर्ष सेवा केन्द्र । कोटेश्वर, काठमाडौं फोन न.९८०८३०७२७५ नोट :चिना तथा टिप्पन वनाउन,चिना हेराउन तथा वास्तुसँग सम्बन्धित जानकारिको लागी अवस्य सम्झनु होला ।

प्रतिक्रिया दिनुहोस्