अमेरिकामा नेपालीलाई पौने ३ करोड द’ण्ड तिराइयो

काठमाडौं : अमेरिकामा एक जना नेपालीलाई सरकारी कोषको रकम जालसाजी गरेको आ’रोपमा जरि’वाना तिराइएको छ। काठमाडौंको सामाखुसी घर भई हाल भर्जिनिया राज्यमा व्यापार गर्दै बसेका सुनुप्रताप केसी (सुबु)लाई जा’लसाजी को आ’रोपमा २ लाख ३० हजार ४ सय १४ डलर ६५ सेन्ट अर्थात २ करोड ७० लाख ९ हजार नेपाली रुपैयाँ बराबर जरिवाना तिराइएको हो ।

समाचारमा जनाइए अनुसार उनले अमेरिकामा कोरोना महामारीको बेला अप्ठेरोमा परेका साना लगानीकर्तालाई त्यहाँको सरकारले प्रदान गरेको पीपीपी प्रोग्राम रकममा जालसाजी गरेपछि उक्त जरिवाना सुनाइएको छ । अनुसन्धान क्रममा बन्द भइसकेको केसी इन्भे ष्टमेण्ट ग्रुप (केसी इन्क) मार्फत् पेचेक प्रोटेक्सन प्रोग्राम (पीपीपी) अन्तर्गत धेरै ऋण उठाएर ठ’गी गरेको प्रमाणित भएपछि उनलाई जरिवाना गरिएको हो ।

उनलाई उक्त रकम ३० दिन भित्र जम्मा गर्न आदेश दिइएको छ । अन्यथा,अमेरिकी कानुन अनुसार जेल स’जाय समेत हुनेछ । अमेरिकामा काठमाडौंको सामाखुसी घर भई हाल भर्जिनिया राज्यमा व्यापार गर्दै बसेका सुनुप्रताप केसी (सुबु) लाई सरकारी कोषको रकम जा’लसाजी गरेको आ’रोपमा जरि’वाना तिराइएको छ । जनाआस्थामा खबर छ ।

प्रतिक्रिया दिनुहोस्