लौकाको बोक्रा नफाल्नुहोस् यस्ता छन् यसका फाइदा

एजेन्सी । लौकालाई तरकारीको राजा पनि भनिन्छ । अर्थात सर्वश्रेष्ठ तरकारी । यसको प्रयोग प्रायः सबैका घरमा हुने गर्दछ। यसको तरकारी मन नपराउने भन्ने हुन्न नै । लौकाको तरकारी पकाउँदा सबैले यसको बोक्रा फ्याँक्ने गर्दछन् । तर, यसको बोक्रा स्वास्थ्य र सौन्दर्यका समस्याहरुमा राहत दिने गुण हुन्छ । आउनुहोस् लौकाका बोक्राका गुणहरुका बारेमा चर्चा गरौं ।

– लौकाको बोक्राले अनुहारको चमक बढाउँछ । अनुहार फिक्का देखिए यसको बोक्रा पिसेर त्यसमा चन्दनको पाउडर मिलाएर पेस्ट तयार गर्नुहोस् । हप्तामा २–३ पटक यसको पेष्ट अनुहारमा लगाउनुहोस् । तपाईको अनुहारको चमकमा निखार आउँछ ।

– तपाई विभिन्न प्रकारका सनस्क्रीन क्रिम लगाएर हैरान हुनुहुन्छ भने तपाईंका लागि लौकाको बोक्रा बरदान सावित हुन सक्छ । लौकाको बोक्राको प्रयोग घामले डढेको छालाका लागि धेरै नै फाइदाकारी हुन्छ । यसका लागि बोक्राको पेस्ट बनाएर छालामा लगाएर केही समय राख्ने र त्यसलाई धोएपछि कालोपन हट्छ ।

– धेरै नै गर्मीका कारण छालाका साथै खुट्टाका पैतालामा हुने जलनमा राहतको महशुस गराउन लौकाको बोक्राको प्रयोग गर्न सकिन्छ । यसको बोक्रालाई छालामा घोट्दा राहत मिल्छ ।

– लौकाको बोक्रामा धेरै मात्रामा फाइबर हुने हुँदा यसको प्रयोगले पेटमा ग्यास र कब्जियत भगाउँछ ।

– पाइल्सको समस्याका लागि पनि लौका फाइदाकारी तरकारी हो । साथै यसको बोक्रालाई सकाएर पाउडर बनाई दैनिक चिसो पानीसँग दिनमा दुई पटक सेवन गरे यसले राहत दिन्छ ।

प्रतिक्रिया दिनुहोस्