युनियन लाइफले २४ गतेदेखि आईपीओे बिक्री खुला गर्ने, कस्तो छ कम्पनीको अवस्था ?

काठमाडौं : युनियन लाइफ इन्सुरेन्सले आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले असार २४ गतेदेखि ६४ लाख ५० हजार कित्ता सेयर बिक्री गर्ने लागेको हो । आईपीओ निष्काशन तथा बिक्री प्रवन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ । इच्छुक आवेदकले सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरोशेयर मार्फत आवेदन दिन सक्नेछन्।

प्रतिकित्ता एक सय रुपैयाँको दरमा ६४ करोड ५० लाख रुपैयाँ बराबरको आईपीओ जारी गरिने बताइएको छ। जसमध्ये ५ प्रतिशत (३ लाख २२ हजार ५ सय कित्ता) कर्मचारी र ५ प्रतिशत (३ लाख २२ हजार ५ सय कित्ता) म्युचुअल फन्डको लागि छुट्याइएको छ । बाँकी ५८ लाख ५ हजार कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ३२ हजार २ सय ५० कित्ताको लागि आवेदन दिन सकिनेछ । आवेदन असार २८ गतेसम्म दिन सकिन्छ । यस आईपी ओलाई इक्रा नेपालले आइआर बीबीबी रेटिङ दिएको छ । यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको भन्ने जनाउँछ । यसको बिक्री प्रबन्धकको काम प्रभु क्यापिटलले गरेको छ ।

प्रतिक्रिया दिनुहोस्