सुत्नुअघि यी दुई अंगमा द’ल्नुस् तोरीको तेल, हुन्छ आराम

काठमाडौं : महिलाह दिनभरि घरको काममा व्यस्त रहन्छन् । उनीहरू आफ्नो स्वास्थ्यको पनि विचार गर्न पाइरहेका हुँदैनन् । अनि भोलिपल्ट थकान र आलस्य अनुभव हुन्छ । यहाँ हामी त्यस थकान र आलस्यबाट मुक्ति पाउने उपाय बता उँदैछौं । सुत्नुअघि तोरीको तेल शरीरमा दल्दा आराम पाइन्छ ।

तोरीको तेलमा भिटामिन, क्याल्सियम, आइरन लगायतका पोषक तत्त्व, एन्टीअक्सिडेन्ट र औषधीय गुण भरपूर पाइन्छ । यसले शरीरमा राम्रोसँग रक्तसञ्चार गर्छ । मांसपेशी र हाडहरू बलियो बनाउँछ । खासगरी पाइताला र नाभिमा तोरीको तेलले मसाज गर्नु एक दमै फाइदाजनक मानिएको छ । सुत्नुअघि चिसो वा मनतातो तेलले पाँच मिनेटसम्म पैतालाको मसाज गर्नुस् ।

यसले आँखाको तेज बढाउन सहायता गर्छ । दिनभरिको थकान, पीडा र स्ट्रेस भागेर राम्रो निद्रा लाग्छ । मांसपेशी र हाड बलियो बन्छ अनि जोर्नी तथा शरीरका अन्य भागको पीडा हराउँछ। सुत्नुअघि पाइतालालाई तोरीको तेलले मसाज गर्दा शरीरमा जमेको अति रिक्त बोसो घटाउन मद्दत गर्छ । सुत्नुअघि पाँच मिनेटसम्म नाभिमा तोरीको तेलले मसाज गर्दा ओठ फुट्ने समस्या हराउँछ । पाचन दुरुस्त भएर पेट दुख्ने समस्या पनि गायब हुन्छ । आँखा पोल्ने, चिलाउने र सुक्खा हुने समस्या पनि यसले कम गर्छ ।

प्रतिक्रिया दिनुहोस्