फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो

काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य फेरि बढाएको छ । मूल्य बढाएको दुई साता पनि नबित्दै निगमले मंगलबार फेरि इन्धनको मूल्य बढाएको हो। गत असार १० गते राति १२ बजेदेखि लागू हुनेगरी निगमले पेट्रोलको मूल्य प्रति लिटर १२७ रुपैयाँ बनाएको थियो । पुनः प्रतिलिटर २ रुपैयाँले बढाएर पेट्रोलको मूल्य १२९ रुपैयाँ पुर्‍याएको छ ।

डिजेल/मटितेलको मूल्य अब प्रतिलिटर २ रुपैयाँ बढेर ११२ रुपैयाँ पुगेको छ । हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर २ रुपैयाँले बढाएर ८४ रुपैयाँ, हवाई इन्धन (अन्तर्राष्ट्रिय) को प्रतिकिलोलिटर १९ अमेरिकी डलर बढाएर ७४५ डलर पुर्‍याएको छ । खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर २५ रुपैयाँका दरले वृद्धि गरेर १४ सय २५ रुपैयाँ कायम गरेको छ ।

गत वर्ष लकडाउनमा निगमले उच्च नाफा राखेर तेल बचेको थियो । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको घट्दा मूल्य नघटाउने निगमले बढ्दा भने घाटा भएको कारण देखाउँदै लगातार मूल्य बढाइ रहेको छ । गत जेठ २२ गते निगमले पेट्रोल, डिजेल/मटितेल तथा हवाइ इन्धन (आन्तरिक)को साबिकको बिक्री मूल्यमा प्रतिलिटर २ रुपैयाँले वृद्धि गरेको थियो । निगमले भविष्यमा अझै मूल्य बढ्न सक्ने बताएको छ ।

यस्तो छ नेपाल आयल निगमको बिज्ञप्ति : पछिल्ला दिनहरुमा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मुल्य निरन्तर बढिरहेको अवस्थामा ईण्डियन आयल कर्पोरेशन बाट प्राप्त मूल्य सूचि अनुसार निगमले पेट्रोलियम पदार्थको स्वचालित मूल्य कार्यान्वयन कार्यविधि, २०७१ अनुसार विक्री मूल्य समायोजन गर्दै आएको व्यहोरा सबैमा अवगत भए कै विषय हो । निगमलाई पछिल्लो पटक १६ जुन २०२१ मा प्राप्त सरिद मूल्यको आधारमा मिति २०७८/०३/०९ मा काठमाण्डौ उपत्यकाको लागि पेट्रोल, डिजेल/मट्टितेल तथा हवाई इन्धन (आन्त रिकाको साविकको बिकि मूल्यमा रू २१०० ले वृद्धि गरी कमशः रू. १२७।००, रू. ११०।०० तथा रू. ८२१०० प्रति लिटर कायम गरेको थियो, भने हवाई इन्धन (अन्तर्राष्ट्रिय) तर्फ प्रति किलो लिटर अमेरिकी डलर ७३५ कायम गरिएको थियो ।

उक्त मूल्य समायोजन पश्चात् कोभिड १९ को विक्रिको अबस्थामा निगम लाई १५ दिनमा मात्रै करिव रू. ६४.९७ करोड घाटा हुने अवस्था थियो । असार १७. २०७८ (१ जुलाई २०२१) मा पेट्रोलियम पदार्थको अन्त राष्ट्रिय बजार मूल्य अनुसार निगमलाई ईण्डियन आयल कर्पोरेशनबाट प्राप्त नयाँ मूल्य अनुसार कोभिड निषेधाज्ञाको समयमा भएको विकी परिमाणलाई आधार मान्दा १५ दिनमा मात्रै निगमलाई करीब रू. ११०।५० करोड घाटा हुने अवस्था देखिन्छ ।

पछिल्लो तीन वर्षको अवधिको तुलना गर्दा हाल कच्चा तेलको मूल्य उच्च रहेको छ।साथै अमेरिकी डलरको तुलनामा नेपाली रूपैयाको अवमूल्यन हुने क्रम नरोकिने र अर्न्तराष्ट्रिय बजारमा तेलको मूल्य वृद्धि भइरहने हो भने निगमले आगामी दिनमा समेत पेट्रोलियम पदार्थको मूल्य समायोजन गरिरहनु पर्ने बाध्यता आउन सक्ने देखिन्छ। तसर्थ, स्वचालित मूल्य प्रणाली कार्यान्वयन कार्यविधिले निर्दिष्ठ गरे अनुसार मिति २०७८।०३।२२ को राति १२:०० बजे देखि लागू हुने गरी पेट्रोल तथा डिजेल/मट्टितेलको साबिकको बिकि मूल्यमा रू. २१०० ले वृद्धि गरी काठमाण्डौ (निगमको डिपो क्षेत्रको १५ कि.मि. परिसर भिव) को लागि नयाँ खुद्रा विक्रि मूल्य क्रमशः रू. १२९।००. रू. ११२१०० प्रति लिटर कायम गर्नका साथै हवाई इन्धन (आन्तरिक उडान) मा प्रति लिटर रु. २१०० ले वृद्धि गरि नयाँ विक्री मूल्य रू.८४ प्रति लिटर र हवाई इन्धन (अन्तर्राष्ट्रिय उडानमा प्रति किलो लिटर अमेरिकी डलर १९ ले वृद्धिगरि नयाँ विकी मूल्य अमेरिकी डलर ७५४ प्रति किलो लिटर तथा एल.पी. ग्यासमा प्रति सिलिण्डर रु. २५/०० वृद्धि गरी नयाँ विक्री मूल्य रु. १.४२५ १०० प्रति सिलिण्डर कायम गर्ने निर्णय गरिएको छ ।

यस मूल्य समायोजन पश्चात् पनि निगमलाई पेट्रोलमा प्रति लिटर रू.७।४५, डिजेलमा प्रति लिटर रू.४।३५ तथा एल.पि.ग्यासमा प्रति सिलिण्डर रू. ३१९।३२ घाटा नै रही हाल निषेधाज्ञा समयको विकि परिमाण अनुसार हिसाब गर्दा १५ दिनमा करिब रू. ९११३५ करोड घाटा हुने देखिन्छ. जस मध्ये एल.पि.ग्याँस तथा डिजेलको कारोबारबाट मात्र क्रमशः करिब रू ४७।२२ करोड तथा करिब रू. ३१ । ४० करोड घाटा हुने अवस्था छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलमा भईरहेको दैनिक मूल्य वृद्धिको चाप नेपाली बजारमा पनि स्वत पर्ने हुँदा आउँदा दिनहरु अझ विसम हुने तथा पेट्रोलियम पदार्थको मूल्य वृद्धि अवश्यमभावी हुने देखिन्छ। हालको मल्य समायोजन पश्चात् पनि भारतिय सिमाको रक्सौलसँग जोडिएको नेपालको विरगंज क्षेत्रमा पेट्रोल प्रति लिटर रू. ३६।६९ र डिजेल प्रति लिटर रू. ४३।४४ ले नेपाल तर्फ सस्तो रहेको सम्बन्धित सबैमा यसै विज्ञप्ति मार्फत जानकारी गराईन्छ । पेट्रोलियम पदार्थको मूल्य वृद्धिको कारण आम सर्वसाधारणमा पुग्न जाने असुविधा प्रति निगम क्षमायाचना गर्दै यहाँहरूको आवश्यक सहयोगको अपेक्षा गर्दछ ।
धन्यवाद ।

प्रतिक्रिया दिनुहोस्