चार वर्ष अगाडि साझा सबाल कार्यक्रममा शेर बहादुर देउवालाई तिरिखिरी पार्ने युवाको प्रश्न

काठमाडौं : हुन त नेपालको राजनीतिमा कहिले अवकाश नलिने, न त कुनै शैक्षिक योग्यता, न त कुनै उमेरको हदबन्दी, एकपटक सत्तामा पुगेका,प्रधानमन्त्री समेत सम्हालि सकेका नेताहरू पटकपटक आफ्नो मृ,त्यु पर्यन्त सत्ता लिप्सामा लागि रहेको इतिहास हाम्रा लागि कुनै नौलो विषयवस्तु भने होइन।यद्यपि नयाँ पुस्ताको राजनीति, सिकाइ अवसर प्राप्त नहुनु र युवा जोस र जाँगरलाई अवसरबाट बञ्चित गर्नु एक बिडम्बना नै हो।

२०६२/६३ को आन्दोलन देखि सिंहदरबारको राजकाजको नेतृत्व देखिने गरि बालुवाटारमा सरेको छ।शान्ति प्रक्रिया, संविधान लेखन अनि देशका सानाठूला राजनीतिक सहमति अनि बिमतिको टुङ्गो पनि यहि ठाउँबाट लाग्ने गरेको छ।त्यस साझा सबाल लिएको बखत १३ वर्षपछि चौथोपटक प्रधानमन्त्रीका रुपमा बालुवाटार फर्केका प्रधानमन्त्री शेर बहादुर देउवासँग देशका लागि कस्ता कस्ता योजना छन् त भनेर विद्या चापागाईंले साझा सबालको ५ सयौं अंक तत्कालीन प्रधानमन्त्री निवास बालुवाटारबाटै गराएकी थिइन्।

त्यहाँ उपस्तिथित करिब ६५ जनाको सहभागिता थियो र कार्यक्रमको सुरुवातमै चापागाईंले बालुवाटारमा बसी सत्ताको बागडोर सम्हाल्ने अवसर प्रायःले विरलै पाउँ छन् तर तपाईं किन पटकपटक पाइरहनुभएको छ भनेर प्रश्न गरेकी थिइन्। जवाफमा देउवाले आफूले मात्रै नभएर जो कोहिले पाउन सक्ने अवसर हो र पाएका छन् भन्दै सामान्य जवाफ फर्काएका थिए। सहभागीहरूले विभिन्न कोणबाट आ-आफ्नो समस्या एवम् साझा सबाल उठाइरहेका थिए।

कतिपयले त्यो प्रधानमन्त्री सिट महिलाको लागि कहिले खाली हुन्छ भनेर सबाल गरेका थिए त कोहिले वृद्ध वृद्धाले पाउँदै आएको सुविधाका विषयमा बोलिरहेका थिए।कोहिले प्रदेश नम्बर २ को चुनावको कुरा उठाएका थिए,सिमांकन, नागरिकता, प्रधान न्यायाधीश शुसिला कार्कीलाई महा अभियोग,लोकमान सिंह कार्की लगायतका विषयमा सबाल भैरहेको थियो। प्रधानमन्त्री देउवा घरीघरी सामान्य जवाफ दिँदै हुनुहुन्थ्यो बने घरीघरी रिसाएर जवाफ फर्काउँदै हुनु हुन्थ्यो।

त्यत्तिकैमा एकजना युवा पछाडिबाट उभिएर प्रश्न गर्दै भने,”लिकुवानेलाई सिंगापुर दिँदा उनलाई ढुङ्गा दिइएको थियो उनले त्यसलाई हीरा बनाए,नेपाललाई तपाइँको हातमा दिइएको थियो तर तपाइँले ढुङ्गा बनाएर छोड्नुभयो।अब यसको कार्बाही कसलाई गर्ने? अर्को ऐतिहासिक प्रश्न सिंगापुर,चाइना,अमेरिका, बेलायत सबै प्रधानमन्त्रीहरू देशका अति उत्कृष्ट विद्यार्थीहरू मात्रै प्रधानमन्त्री भएका छन्।

एउटा उदाहरणका लागि बेलायतका सम्पूर्ण प्रधान मन्त्रीहरू विगत सत्तरी वर्षदेखि अक्स्फोर्ड विश्वविद्यालयका उत्कृष्ट विद्यार्थीहरू मात्रै प्रधानमन्त्री भएका छन् तर नेपालको विगत सत्तरी वर्षदेखि कुन चाहिँ प्रधानमन्त्री हामीले मन बुझ्ने पायौं? तपाईंले कहिले विस्थापित हुने ? अति निराश भैसक्यौँ हामी,चार चोटि पाँच चोटि प्रधानमन्त्री का लागि मात्रै प्रधानमन्त्री हुने कहिले रोकिन्छ यो प्रथा ? अब त अति निराश भैसक्यौँ हामी।”भन्दै खरो प्रश्न गरेका थिए।

त्यसपछि प्रधानमन्त्रीले आफूले दिने कुनै तर्क नभेटेपछि बिषयान्तर गर्दै नेपालमा जुन विश्वविद्यालय छ त्यही पढ्ने हो नि भनेर तर्क प्रश्तुत गरेका थिए।त्यसपछि त्यी युवा पुन उठेर आफूले भनेको सबाल प्रष्ट पार्न खोज्दा “तपाईं बढ्ता बोल्दै हुनुहुन्छ” भनेर थर्काएका थिए।कार्यक्रम प्रश्तोता विद्या चापागाईंले देशको मर्म बुझ्ने, हाम्रो देशको बिकासको एजेण्डा लिएर अघि प्रधानमन्त्री हामीले कहिले पाउँछौं भनेर सहजीकरण गरेकी थिइन्। उनी रिसाउँदै फेरि पनि आफू जनताबाट निर्वाचित प्रधानमन्त्री हुँ भन्दै कुर्लँदै थिए। त्यत्तिकैमा एक जना व्यक्ति कार्यक्रमबाट उठेर देउवालाई तपाईं जनप्रतिनिधि भन्नुहुन्छ आफूलाई खुरुक्क उहाँको प्रश्नको जवाफ दिनुहोस् भन्दै सजग गराएका थिए। भिडीयो यहाँ लिंकमा छ

प्रतिक्रिया दिनुहोस्