हेर्नुहोस आजको राशिफल : मंगलबार निकै राम्रो छ यी राशिको भाग्य !

काठमाडौं : वि.सं.२०७८ साल साउन ०५ गते । मंगलबार । ईश्वी सन् २०२१ जुलाई २० तारिख । नेपाल संवत् ११४१। राक्षस संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४२ । आषाढ शुक्लपक्ष । तिथि– एकादशी,बेलुकी ०४ बजेर ४९ मिनेट उप्रान्त द्वादशी। नक्षत्र– अनुराधा, बेलुकी ०७ बजेर ०५ मिनेट उप्रान्त ज्येष्ठा । काठमाडौंमा सूर्योदय बिहान ०५ बजेर २१ मिनेट, सूर्यास्त बेलुकी ०६ बजेर ५७ मिनेट । दिनमान ३४ घडी ०१ पला। हरिशयनी एकादशीव्रत । तुलसीरोपण । चतुर्मा सव्रतारम्भ ।

मेष राशि : समय मध्ययम रहेकोले कुनै व्यापार व्यावसायमा लगानी गर्नको लागि केहीदिन कुर्नुहोला। आर्थिक व्यावस्थापनका लागी गरीने कामहरु अन्तिम निष्कर्षमा नपुगी विचमानै अवरुद्ध हुन सक्छन्, ध्यान दिनुहोला। हरेक क्षेत्रमा अवसर वादी हावी हुनाले कामहरु समयमा सम्पन्न हुदैनन् । पढाइ लेखाइमा एकरुपमा नहुँदा अरुभन्दा पछी परिनेछ । माया प्रेममा अविश्वास तथा धोका हुने अधिक सम्भावना रहेकोछ ।

बृष राशि : औषधीजन्य व्यापारमा लगानी गर्नेहरुले मनग्गे आम्दानी गर्न सकिने तथा आर्थिक रुपमा सम्पन्न हुने समय रहेकोछ । प्रविधिको प्रयोग मार्फत अध्ययनलाई निरन्तरता दिन सकिनेछ। माया प्रे’ममा सामिप्यता बढेर जानेछ भने जीवन साथिको सहयोगले राम्रा काम गर्न सकिनेछ । भौतिक सम्पती तथा सवारी साधन प्राप्तीको गतिलो योग रहेकोछ ।

मिथुन राशि : नोकरीमा प्रतिस्पर्धीहरुलार्ई हराउदै अगाडी बढ्न सकिनेछ भने सत्रुता राख्नेहरु आफै साईड लाग्नेछन् । विवादित निर्णयहरु तपार्ईँकै पक्षमा आउने हुनाले मन प्रशन्न हुनेछ। पढाइ लेखाइमा उत्कृष्ट नतिजा आउने हुँदा घर परिवार तथा आफन्तहरु खुसी हुनेछन् । व्यापार व्यावसायमा लगानी गरी मनग्गे आम्दानी हुने योग रहेकोछ । पुराना स्वास्थ्य सम्वन्धी समस्याहरु हल भएर जानेछन् भने संकटबाट मुक्ति मिल्ने समय रहेकोछ। माया प्रे’ममा रमाउन चाहनेहरुले नयाँ ठाउको भ्रमण गरी रमा उने योग रहेकोछ ।

कर्कट राशि : पढाइ लेखाइमा मन जाने हुनाले प्रतिस्पर्धीहरुलार्ई पछि छोड्दै एक कदम अगाडी बढ्न सकिनेछ । माया प्रे’मका कोपिलाहरु फक्रिएर जानेछन् भने नया ठाउबाट प्रे’म प्रस्ताव आउने छ । पदिए दायित्व बढ्ने तथा काम गर्ने ठाउमा तपार्ईँको काम गर्ने शैलिको धेरैले प्रशंसा गर्नेछन् । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना भनाई वा लेखहरु जनमानसमा लैजान सकिनेछ ।

सिंह राशि : पहिलेका कमिकमजोरिहरुलाई सुधार्ने अवसर आउनेछ । ठुला तथा विशिष्ट योजनाहरु कार्यान्वयन गर्नको लागि केहि समय पर्खनु नै राम्रो हुने छ । आफन्त तथा आमासँग सानो सानो कुरामा विवाद बढ्ने योग रहेको छ । पढ्ने लेख्ने कामका खासै मन नजादा अरुभन्दा पछी परिनेछ । व्यापार व्यावसायमा समय दिएपनि खासै उपलव्धी हासील हुने छैन भने घर जग्गाको कारोबारबाट केहि मात्रामा लाभ लिन सकिनेछ । तरपनि कृषि तथा पशुपालन व्यावसाय फ’स्टाएर जानेछ ।

कन्या राशि : दाजुभाई तथा छिमेकीसँगको सम्बन्धमा नयाँ आयाम थपिनेछ । पराक्रम बढ्ने हुनाले शाहशिलो काममा हात हाल्नुहोला सफलता मिल्नेछ । वादविवाद तथा मुद्दा मामिलामा तपार्ईँकै जित हुनेछ। माया प्रे’ममा सामिप्यता बढ्नुको साथै पति प’त्नी बीच मायाको डो’रो क’सिलो भएर जानेछ । उद्योग व्यापार व्यावसायमा प्रशस्त आम्दानी हुनेछ । छोटो तथा अर्थपुर्ण भ्रमणको तय हुनेछ । बिद्यामा सोचेजस्तै सफलता पाइनेछ ।

तुला राशि : अध्ययनमा रुची बढ्नेछ भने उल्लेख्य सफलता प्राप्त हुनेछन् । आफन्त तथा परिवारको साथ रहने हुँदा उपलव्धीमुलक कामहरु समयमा नै सम्पन्न हुने छन् । प्रे’ममा रमाउन चाहनेहरुका लागी समयले साथ दिने हुनाले एक अर्कालाई विश्वास गर्दै जान सकिनेछ । बोलिको प्रभाव बढ्ने हुनाले बोलेरै राम्रा कामहरु गर्न सकिनेछ । तरपनि वाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।

बृश्चिक राशि : राजनीति तथा समाजसेवामा जनताको गतिलो समर्थन पाइने हुँदा नाम कमाउन तथा पद प्राप्तीको योग रहेकोछ । बिभिन्न वि’लाशी वस्तुको प्रयोग गरी मनग्गे आम्दानी हुनेछ। माया प्रे’ममा एक अर्कालाई विश्वास गर्ने वातावरण बन्नेछ । पढाइ लेखाइमा मनजाने हुनाले नतिजा आफैतिर ल्याउन सकिनेछ । कृषि तथा पशुपालन व्यावसायमा लगानी गरि राम्रै आम्दानी गर्न सकिनेछ ।

धनु राशि : व्यापार व्यावसायमा प्रसस्त समय दिएपनि आम्दानी थोरै नै हुनेछ । कामगर्दा ख्याल गर्नु जरुरी देखिन्छ, समयमा कामहरु सम्पन्न नहुँदा मान सम्मानमा आ’घात पर्न सक्छ । पढाइ लेखाइमा तपार्ईँ आफ्नै कारणले बि’ग्रन सक्छ ध्यान दिनुहोला । माया प्रे’ममा अविश्वास बढ्नेछ भने सामान्य स्वास्थ्य सम्वन्धी स’मस्या आउने योग रहेकोछ । क’ष्टकर यात्रा नहोला भन्न सकिन्न ।

मकर राशि : औषधीजन्य तथा खाद्यान्नसँग सम्बन्धीत सामानको उत्पादन तथा व्यापार व्यावसाय फस्टाएर जानेछ भने अन्य क्षेत्रमा गरिएको लगानीमा मन्दि आउनेछ । बैक तथा बित्तिय क्षेत्रसँग सम्बन्धित व्यावसायबाट मनग्गे आम्दानी हुनेछ । माया प्रेममा नजिक हुने समय रहेकोछ । प्रविधिको प्रयोग मार्फत अध्ययनलाई निरन्तरता दिन सकिनेछ ।

कुम्भ राशि : व्यापार व्यावसाय फस्टाएर जानेछ । परिवार तथा आफन्तको साथ पाइने हुनाले काम गर्न सहयोग पुग्नेछ । कृषि तथा पशुपालन व्यावसायमा लगानी गरि राम्रै आम्दानी गर्न सकिने छ । स’मस्याहरुको समाधान गरी आम्दानीका स्रोतहरु बढाउन सकिनेछ । स’त्रु परा’स्त हुनेछन् भने आफ्नो क्षेत्रमा बर्चस्व कायम राख्न सकिनेछ । बुवा वा बुवा सरहका मानिसबाट तपार्ईँको काममा सहयोग हुनेछ ।

मीन राशि : प्रेमको ठोरो कसिनुको साथै घर परिवार तथा आफन्तबाट भनेजस्तो सहयोग पाइनेछ । सरकारी क्षेत्रमा सम्मानजनक सहभागिता रहने योग रहेकोछ। सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना भनाई वा लेखहरु जन मानसमा लैजान सकिनेछ । धर्मकर्ममा मन जानेछ भने प्रविधिको प्रयोग मार्फत अध्ययनलाई निरन्तरता दिन सकिनेछ । तपाईँ दिन शुभ रहोस् । यूवा ज्योतिषी डिपी भण्डारी

प्रतिक्रिया दिनुहोस्