आजको राशिफल : बुधबार कुन-कुन राशिका फलदायी ?

काठमाडौं : वि.सं.२०७८ साल साउन ०६ गते। बुधबार । ईश्वी सन् २०२१ जुलाई २१ तारिख । नेपाल संवत् ११४१ । राक्षस संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४२ । आषाढ शुक्लपक्ष । तिथि–द्वादशी,२२ घडी ३२ पला, दिउसो ०२ बजेर २२ मिनेट उप्रान्त त्रयोदशी । नक्षत्र– ज्येष्ठा,३० घडी १४ पला, बेलुकी ०५ बजेर २७ मिनेट उप्रान्त मूल । काठमाडौंमा सूर्योदय बिहान ०५ बजेर २२ मिनेट, सूर्यास्त बेलुकी ०६ बजेर ५७ मिनेट । दिनमान ३३ घडी ५९ पला ।

मेष राशि : व्यापार व्यावसायमा थोरै नाँफा हुनेछ । श्वासप्रश्वास तथा छाती सम्वन्धी सम’स्याले सताउने हुँदा काम गर्न अप्ठ्यारो महशुस हुनेछ । आफन्त तथा दिदी बहिनीसँग घरायसी कुरामा राय बाझिने छ । भौतिक सम्पतिको प्रयोग तथा परिचालन गर्दा ध्यान दिनुहोला, दिन मध्ययम रहेकोछ । साँझबाट समय राम्रो रहेकोले धा’र्मिक पुस्तक अध्ययन गरि बौद्धिक क्षेत्र फराकिलो बनाउन सकिनेछ ।

बृष राशि : पढाइ लेखाइमा मन जाने तथा नतिजा आफैतिर ल्याउन सकिनेछ । माया प्रे’म गर्नेहरुले आफ्नो मन परेको मान्छेसँग बसेर समय व्यातित गर्दा खुशी भएको महशुस गर्नेछन् । दा’म्पत्य जीवनमा एक अर्कालाई सहयोग गर्दै अगी बढ्न सकिनेछ । भौतिक सम्पती तथा सवारी साधन प्राप्तीको गतिलो सम्भावना रहकोछ । साँझको समय मध्ययम रहेकोले यात्रा गर्दा वा भौतिक सम्पतीको प्रयोग गर्दा ध्यान दिनुहोला ।

मिथुन राशि : आफन्त तथा मावली पक्षबाट भनेजस्तो सहयोग पाइने हुँदा मन प्रशन्न हुनेछ। पुराना समस्याहरु सल्टाउन सकिने तथा नयाँ कामको थालनी गर्न सकिनेछ। प्रे’ममा सामिप्यता बढेर जाने तथा उपाहार प्राप्तीको गतिलो योग रहेको छ । न्यायालयबाट हुने न्यायिक निर्णयहरु तपार्ईँकै पक्षमा फैसला हुनाले खुशीले उचाई नाघ्नेछ । पढाइ लेखाइमा नसोचेको सफलता हात लाग्नेछ । व्यापारमा बृद्धि हुनेछ भने थप ठाउमा लगानी गर्न सकिनेछ ।

कर्कट राशि : भौतिक सम्पती तथा वि’लाशी वस्तुहरुको प्रयोग गर्न पाइने योग रहेकोछ । माया प्रे’ममा सामिप्यता बढेर जानेछ । आकस्मिक धन तथा सम्पती लाभ हुनेयोग रहेकोछ भने शेयर बजार तथा सट्टाको व्यावसायबाट प्रशस्त नाँफा कमाउन सकिनेछ । पढाइ लेखाइमा सुधार भएर जानेछ प्रविधिको प्रयोग मार्फत अध्ययनलाई निरन्तरता दिन सकिनेछ ।

सिंह राशि : बिद्यामा सन्तोषजनक प्रगती भएर जानेछ । राजनीति तथा समाजसेवामा जनताको आलो’चनात्मक समर्थन रहनेछ । कृषि तथा पशुपालन व्यावसाय भने फस्टाएर जानेछ। आमा तथा आमासरहका मानिससँग मन मु’टाव बढ्नेछ । विश्वास गरेकाहरु बाट धो’का हुन सक्छ सजक रहनुहोला । साँझको समय राम्रो रहेकोले सन्तानको प्रगतिमा मन रमाउनेछ ।

कन्या राशि : छोटो तथा रमाईलो आन्तरिक यात्राको तय हुनेछ भने सकारात्मक उपलव्धी हात लाग्नेछ । माया प्रे’ममा सा’मिप्यता बढ्नेछ भने पती प’त्नी बिचको सम्वन्धमा प्रगाडता बढेर जानेछ। उद्योग तथा व्यावसायमा लगानी गरी मनग्गे धन संग्रह गर्न सकिनेछ । खेलकुद तथा यस्तै पराक्रमी क्षेत्रमा समय खर्चिने हरुले नाम तथा दाम कमाउन सकिनेछ । साँझको समय मध्ययम रहेकोले खानपान तथा बाहिरी वातावरण स’म्बन्धी ध्यान दिनुहोला ।

तुला राशि : परिवारका साथ रमाईलो वातावरणमा दिन बित्ने तथा मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुने छ । पति प’त्नी बीच विश्वासको वातावरण बढ्ने तथा माया प्रे’ममा सा’मिप्यता बढेर जाने छ । कुटुम्बबाट तपार्ईँले गरेको काममा सहयोग प्राप्त हुनेछ । पढाइ लेखाइमा सफलता हात लाग्ने योग रहेकोछ । बोलिको प्रभाव बढ्ने हुनाले महत्वपूर्ण निर्णयहरु आजको दिन गर्नु उपयुक्त हुनेछ ।

वृश्चिक राशि : सामाजिक कामहरु समयमा सम्पादन हुने हुनाले मान सम्मान तथा इज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ । राजनीति तथा समाजसेवामा गरीएको लगानी खेर जाने छैन भने पद पाउने योगलाई नकार्न सकिदैन । पारिवारिक माहो लमा दिन बित्ने हुँदा मन प्रशन्न हुनेछ । प्रे’ममा सफलता तथा सा’मिप्यता बढ्नेछ । प्रविधिको प्रयोग मार्फत अध्ययनलाई निरन्तरता दिन सकिनेछ ।

धनु राशि : आर्थिक अभावले आँटेका कामहरु थाती रहनेछन् । खानपानमा ध्यान दिनुहोला स्वास्थ्य सम्वन्धी स’मस्या बढ्ने तथा औषधी उपचार खर्च बढेर जानेछ । वैदेशिक यात्राको तय हुनेछ भने विदेशी भूमिमा बसेर श्रम गर्नेहरुले मनग्गे रुपैया पैसा कमाउन सक्नेछन् । साँझको समय राम्रो रहेकोले राजनीति तथा सामाजिक क्षेत्रमा जनताको समर्थन पाईने योग रहेकोछ ।

मकर राशि : खनिज पदार्थ,पानी तथा औषधीसँग सम्बन्धित व्यावसायबाट प्रशस्त लाभ लिन सकिनेछ । अध्ययनमा राम्रो प्रगती हुनेछ । परिवार तथा आफन्तहरु तपार्ईँको कामदेखि प्रशन्न हुनेछन् । सवारी साधन प्राप्त हुने योग रहेको छ । दाजुभाई बाट राम्रै सहयोग प्राप्त हुनेछ । माया प्रे’ममा विश्वासको वातावरण झन कसिलो भएर जानेछ । सामाजिक क्षेत्रमा नाम, दाम तथा प्रतिष्ठा कमाउन सकिनेछ ।

कुम्भ राशि : सम्मानित काम सम्पादन गर्न सकिने छ भने व्यापारमा लगानी गरि राम्रो नाँफा कमाउन सकिने छ । अध्ययन तथा अध्यापनमा सहकर्मीको साथले नयाँ कुराको खोज तथा अनुशन्धान गर्न सकिने छ भने सार्थक नतिजाले उत्साह जगाउनेछ । कृषि तथा पशुपालन व्यावसायमा लगानी गरि राम्रै आम्दानी गर्न सकिनेछ ।

मीन राशि : सरकारी क्षेत्रबाट पाउने सेवा सुविधा पाइने तथा राम्रा काम गर्न सकिने हुनाले इज्जत प्रतिष्ठा बृद्धि भएर जानेछ । खोज तथा अनुशन्धानको क्षेत्र बलियो रहने हुँदा मन प्रशन्न रहनेछ। दैनिक उपभोग्य बस्तु ,औषधी तथा अनलाइन बाट सप्लाई हुने सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ । प्रे’ममा रमाउन चाहनेहरुका लागी समय उत्तम रहेकोछ ।

तपाईँ दिन शुभ रहोस् । यूवा ज्योतिषी डीपी भण्डारी, ज्योतिष परामर्ष सेवा केन्द्र । चाबहिल, काठमाडौं फोन न.९८०८३०७२७५ नोट : चिना तथा टिप्पन वनाउन,चिना हेराउन तथा वास्तुसँग सम्बन्धित जानकारिको लागी अवस्य सम्झनुहोला ।

प्रतिक्रिया दिनुहोस्