काठमाडौं उपत्यकामा भीडभाड बढ्न थाल्यो, विज्ञहरुले दिए यस्तो चेतावनी (भिडियो)

काठमाडौं । काठमाडौं उपत्यकाका सार्वजनिक स्थानहरुमा अत्यधिक भीडभाड बढ्दा काठमाडौं फेरि संक्रमणको ‘हट स्पट’ बन्ने विज्ञहरुले चेतावनी दिएका छन् । व्यापारिक क्षेत्रमा जनस्वास्थ्यका मापदण्ड उल्लंघन भएको छ। खोप केन्द्रहरु अव्यवस्थित बन्दा संक्रमण सर्ने उत्तिकै सम्भावना रहेको जानकारहरु बताउँछन् । जनस्वास्थ्यका मापदण्ड पालनामा लापरबाही गर्दा अस्पतालमा को’रो नाको लक्षण लिएर पुग्नेको संख्यामा बृद्धि भएको छ ।

काठमाडौं उपत्यकामा ३ सयको हाराहारीमा झरेको संक्रमण पुनः ७ सयको हाराहारीमा पुगेको छ । बुधबार २ हजार ८ सय ३८ संक्रमण पुष्टि हुँदा काठमाडौं उपत्यकामा मात्रै ६ सय ९७ जनामा संक्रमण पुष्टि भएको छ। संक्रमण बढिरहँदा बजारमा सर्वसाधारणको भीडभाड कायमै छ । भीडभाड नरोकिदाँ कोरोना संक्रमणको जोखिम डरलाग्दो रुपले बढेको हो ।

उपत्यकाका मुख्य बजारहरु, सार्बजनिक सवारी साधन र खोप केन्द्रहरुमा अत्यधिक भिडभाड देख्न सकिन्छ। सरकारी कार्यालय र बैंक वित्तीय संस्थाले पनि भीडभाड गराएर सेवा दिने गरेका छन्। त्यसो त नागरिक आफै पनि सचेत देखिदैनन्। २ महिना लकडाउन पछि घटेको संक्रमण फेरि बढ्नुमा यही भीडभाड जिम्मेवार छ । दोस्रो लहरको भयाभह अवस्थालाई बिर्सिएर मानिसहरु उही लापरबाही गरिरहेको देख्न सकिन्छ । भिडीयो यहाँ लिंकमा छ

प्रतिक्रिया दिनुहोस्