दक्षिण कोरियामा को’रोनाकाे चौथो वेभ !

सोल : को’रो ना भाइरस को’भिड १९ को चौथो वेभ देखिएको भनिएको दक्षिण कोरियामा को’भिड १९ का अहिलेसम्मकै सबैभन्दा धेरै सङ्क्रमित भेटिएका बताइएको छ ।यहाँका अधिकारीहरुले मंगलबार यहाँ धेरैजना को’रो ना भाइरसका संक्रमितहरु बढिरहेको बताएका समाचारमा जनाइएको छ ।

दक्षिण कोरियाका अधिकारीहरुले दिएको जानकारी अनुसार यहाँ गएको २४ घन्टायताको तथ्यांक हेर्दा को’भिड १९ का सङ्क्रमितहरु एकै दिनमा अहिलेसम्मकै सबैभन्दा धेरै संख्यामा भेटिएका छन् । दक्षिण कोरियाको राजधानी सोलबाट प्राप्त समाचार अनुसार यहाँ पछिल्लो समयमा राजधानी सोल महानगरपालिका क्षेत्रमा नै धेरै सङ्क्रमितहरु पाइएको बताइएको छ ।

यहाँका स्वास्थ्य क्षेत्रका अधिकारीहरुले दिएको जानकारी अनुसार गएको २४ घन्टा यता मात्र एक हजार ७८४ जना को’भिडका सं’क्रमितहरु भेटिएका हुन् । दक्षिण कोरियाका अधिकारीहरुले दिएको जानकारी अनुसार यहाँ गएको छ महिनापछि एकै पटक यति धेरै संख्याका सङ्क्रमित पहिलो पटक देखिएका हुन् । यहाँका अधिकारीहरुले दक्षिण कोरियामा गएको हप्ता देखि निरन्तर रुपमा संक्रमितहरु बढ्दै गएको पनि बताएका हुन् ।

उनीहरुका अनुसार दक्षिण कोरिया कोभिड सङ्क्रमणको चौथो वेभमा प्रवेश गरेको छ । जसका कारण यहाँको सरकारले स्वास्थ्य मापदण्डहरु अपनाउने काममा कडाई गरेको छ । यो सँगै दक्षिण कोरियामा कोभिडका सङ्क्रमितको संख्या १ लाख ८२ हजार ७२२ जना पुगेको बताइएको छ । यहाँ पछिल्ला केही हप्ता यतादेखि को’भिडका सङ्क्रमितहरुको संख्या बढ्दो देखिएको हो। अधिकारीहरुले यही जुलाई १ देखि देशैभर देखिएको संक्रमितको संख्या देशव्यापी तथ्यांकको हिसाब गर्दा अघिल्ला तीन हप्ताको तुलनामा हाल त्यहाँ स’ङ्क्रमितहरु कम्तीमा पनि ५६ प्रतिशत बढेका छन् ।

यसरी प्रत्येक दिन संख्या बढ्दै गएका कारण पनि दुई हप्ता अघि नै यहाँका स्वास्थ्य अधिकारीहरुले दक्षिण कोरिया को’रो ना महामारीको चौथो चरणमा प्रवेश गरेको बताएका थिए । मंगलबार देखिएका यी सं’क्रमतिहरुमा आधा भन्दा बढी राजधानी सोलकै रहेका पाइएको छ । कोरिया सरकारले यहाँ कोरोना विरुद्धको खोपको अभियानलाई ब्यापक बनाइएको जनाएको छ । पछिल्लो समयमा स’ङ्क्रमितको संख्या बढ्दै गएपछि खोप अभियानलाई झन् तीव्र बनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्