दोश्रो अध्यक्षवाला भ्रममा नपर्न माधवकुमार नेपालको आह्वान

काठमाडौं : आज बेलुका एमाले वरिष्ठ नेता माधवकुमार नेपाल उपाध्यक्ष भीमबहादुर रावललाई भेट्न उहाँको निवास टोखा पुग्नुभयो । कोटेश्वरबाट सरसर्ती टोखामा गएर उहाँले दुई वटा कुरा राखेर फर्किनु भएको बुझिएको छ । पार्टीको दुबै खेमाले आफ्नो रणनीति बनाइरहेको अवस्थामा नेता नेपाल र रावलबीचको भेटलाई अर्थपूर्ण ठानिएको छ ।

रावल निकट स्रोतका अनुसार नेता नेपालले उहाँलाई पार्टीभित्रको अवस्थालाई ध्यानदिँदै आफ्नो विचार समूहले अघि बढाएको प्रक्रियासँगै हातेमालो गर्न आग्रह गर्नुभएको थियो। त्यसैगरी उहाँले हामीसँगै हिँड्नुस् र सांसद पदबाट दिएको राजीनामा फिर्ता लिनुस् समेत भन्नुभएको बताइन्छ । प्रत्युत्तरमा रावलले आफू नेपाल समूहसँगै रहेकाले सँगसँगै जाने प्रतिबध्दता जनाउनुभएको छ ।

यता आजै उक्त समूहको स्थायी समिति बैठक बसेको छ।बैठकमा वर्तमान राजनीतिक परिस्थिति र पार्टी एकताबारे गम्भीरतापूर्वक छलफल भएको बुझिएको छ। छलफलमा आफ्नो विचार राख्दै नेता नेपालले साउन ३ गते प्रतिनिधिसभामा देउवा सरकारले विश्वासको मत नपाएको भए व्यवस्थापिका,कार्यपालिका र न्यायपालिका समेतमा आँच पुग्ने खतरा रहेकाले असंवैधानिक रुपमा गरिएको प्रतिनिधिसभा विघटनलाई सच्याउन देउवा सरकारलाई मत दिनैपर्ने आवश्यकता रहेको बताउनुभएको छ ।

उहाँले अगाडि भन्नुभयो, ‘एकातिर विभिन्न शक्तिहरु वामपन्थी शक्तिलाई मिल्न नदिने र विभाजित गर्ने ष’ड्यन्त्र गरिरहेका छन् भने अर्कोतिर पार्टी दक्षिणपन्थी भासमा पर्ने खतरा पनि देखिएको छ । यसबाट जोगिनुपर्छ । राजनीतिक अस्थिरता उत्पन्न हुन दिनु हुँदैन ।’ लोकतान्त्रिक गणतन्त्र,संविधान र प्रतिनिधिसभा रक्षाका लागि देउवा सरकारलाई विश्वासको मत दिँदै प्रधानमन्त्री देउवालाई भ्र’ष्टाचार रोक्न र त्यसमा स्वयम् प्रधानमन्त्री समेत जोगिन सुझाव दिएको नेपालले बताउनुभएको छ। जन आस्थामा खबर छ ।

प्रतिक्रिया दिनुहोस्