योगेश भट्टराईको पहलमा भरतमणिलाई ६ लाखको पुरस्कार

काठमाडौं : कमेडी च्याम्पियन सिजन २ का प्रतिस्पर्धी भतरमणि पौडेललाई ६ लाख रुपैयाँ राशीको पुरस्कार प्रदान गरिने भएको छ। पौडेललाई गृह जिल्ला ताप्लेजुङका सांसद् तथा पूर्वमन्त्री योगेश भट्टराईको अग्रसरता र संयोजनमा ६ लाख रुपैयाँको पुरस्कार घोषणा गरिएको हो । पौडेललाई प्रदान गरिने पुरुस्कारका लागि सांसद भट्टराईले व्यक्तिगत रुपमा १ लाख रुपैयाँ सहयोग गरेका छन्।

यस्तै, ताप्लेजुङ सरोकार समाजले २ लाख रुपैयाँ, ताप्लेजुङ सरोकार केन्द्रले २ लाख तथा रेडियो तमोरको तर्फबाट १ लाख रुपैयाँ गरी ६ लाखको पुरस्कार घोषणा गरिएको हो।सो पुरस्कार पौडेलको च्याम्पियन यात्रा सकिएपछि प्रदान गरिनेछ । ताप्लेजुङका कला कार पौडेल अहिले कमेडी च्याम्पियनको टप ६ मा प्रतिस्पर्धा गरिरहेका छन् । जिल्लाको उदाउदो कलाकारलाई प्रोत्साहन स्वरुप सो पुरस्कार घोषणा गरिएको सांसद भट्टराईले बताए।

सांसद भट्टराईले जिल्लाका विभिन्न क्षेत्रका प्रतिभा तथा कलाकारहरुलाई प्रोत्साहन गर्ने विभिन्न कार्यक्रम पुरस्कार र अक्षय कोषसमेत स्थापना गर्दै आएका छन् । कलाकारिताको सम्मान गर्न सकियो भने संस्कृतिको सम्मान हुने धारणा राख्दै नव प्रतिभालाई अघि बढ्ने वातावरण बनाउन सदैव अग्रसर हुने उनले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्