अर्को वर्षदेखि रियालिटी शो होस्ट नगर्ने आदित्यको घोषणा

काठमाडौं । बलिउड नायक, गायक तथा रियालिटी शोका होस्ट आदित्य नारायण रियालिटी शोबाट टाढा हुने भएका छन्। आदित्यले सन् २०२२ देखि रियालिटी शो होस्ट नगर्ने घोषणा गरेका छन्। अब उनी केही ठूलो काम गर्ने सोचमा छन् । टेलिभिजनका कारणले आदित्यले मुम्बइमा घर किनेको स्विकारेकाछन्। उनी अर्को वर्ष पिता बन्ने बताइएको छ ।

टीभीमा होस्टको रुपमा अर्को वर्ष फेरि अन्तिम वर्ष हुने उनले बताए । हालसम्म १२ वटा शो होस्ट गरेका आदित्यले सन् २०२२ पछि सधैँका लागि उद्घोषकको काम छोड्ने निर्णय गरेका हुन्। उनले १५ वर्ष गायनसँगै शो होस्ट गर्दै आएका थिए। ‘सन् २०२२ भार तीय टेलिभिजनमा होस्टको रूपमा मेरो अन्तिम वर्ष हुनेछ। म त्यस पछि होस्ट गर्दिन। होस्ट छोडेर अब केही ठुलो काम गर्ने समय आइसकेको छ’ उनले भनेका छन्।

टेलिभिजन शो होस्ट गरेपछि धेरै उपलब्धी हासिल गरेको बताउने आदित्य अब फरक भूमिकामा देखिने प्रायसमा छन् । उनले आफू कुनै कार्यक्रमा निर्णायकको रुपमा वा कुनै ‘गेम शो’ मा देखिन सक्ने समेत बताएका छन् । केही महिना अघि मात्रै विवाह गरेका आदित्यले अब आफूमाथि नयाँ जिम्मेवारी थपिएको भन्दै त्यसलाई पूरा गर्न पनि यो निर्णय गर्नुपरेको बताएका छन्। गायक उदित नारायणका छोरा आदित्यले आफूलाई होस्टका रुपमा अफर नगर्न कार्यक्रमको निर्माण पक्षसँग आग्रह समेत गरेका छन्।

प्रतिक्रिया दिनुहोस्