भ्र’ष्टाचार अभियोग लागेका ट्राफिक प्रहरीको घरमा छा’पा मार्दा भेटियो सुनको शौचालय

काठमाडौं : हालै रुसका एक वरिष्ठ ट्राफिक प्रहरी अधिकारीमाथि भ्र’ष्टाचारको आ’रोप लागेपछि सरकारी अधिकारीहरु प्रहरी सहित उनको घर छा’पा मा’र्न गएका थिए । प्रहरी कर्णेल अलेक्सी साफोनोभ सहित ६ प्रहरी माथि भ्र’ष्टाचारको आ’रोप लागेको थियो। जब प्रहरी अलेक्सीको घर पुगे उनीहरु आ’श्चर्यमा परे।

कारण, उनको घरको ट्वाइलेट पनि सुनले बनेको देखियो। दक्षिणी क्षेत्र स्टाभरोपोलमा रहेको अलेक्सीको घर आलिसान थियो। त्यहाँका कोठाहरु ठूला–ठूला थिए भने सजावटका सामग्री, फर्निचर निकै महँगा थिए। उनले का’लोधनको यति आर्जन गरे उनलाई शौ’च गर्न समेत सुनको ट्वाइलेट चाहियो। प्रहरीमै रहँदा उनले एउटा आपराधिक समूहको नेतृत्व गरेको बताइएको छ।

उनले विभिन्न चेकपोइन्टमा अवैध सामग्रीहरुको गाडीमा खोजतलासी गर्दैन थिए। यतिबेला रुसको अनुसन्धान समितिले उनी माथि १९ मिलियन रुबल भन्दा बढी भ्र’ष्टाचार गरेको अभियोगमा अनुसन्धान गरिरहेको छ। उक्त विला’सी सामानहरुको भिडियो जाँच समिति एसकेको वेबसाइटमा राखिएको छ । उक्त भवन भित्र अत्याधिक खर्च गरेर सजावट गरेको देखिन्छ ।न्युज स्काई

प्रतिक्रिया दिनुहोस्