बेलायतमा खेतबारीमा रमाउँदै भूतपूर्व गोर्खाहरु (भिडियो सहित)

लन्डन । बेलायतको राजधानी लन्डनबाट करिब ७२ माइल टाढा छ इष्टली शहर । यो शान्त शहरलाई न राजधानीको को’लाहल वास्ता छ, न कोभिड त्रास । बरु यतिखेर खेतीमा व्यस्त छन् यहाँका बासिन्दा । ती मध्ये हुन् भूतपूर्व गोर्खाहरु ।इष्टली बरोले को’भिड महामारीमा समुदाय माझ उल्लेखनीय काम गरेर ‘लोकल हिरो’ सम्मान पाएका भूतपूर्व गोर्खा कमल पूर्जा सप्ताहन्तमा खुबै व्यस्त देखिए ।

‘लन्डनबाट नेपालीहरु तरकारी किन्न आउने भन्नु भएको छ । नजिकको फुड ब्यांकमा पनि मानिस कुरि रहेका छन्, सबै चाँजो पाँजो मिलाउन अलि व्यस्त छु’, पूर्जाले भने । फार्म प्रोजेक्ट इञ्चार्ज पूर्जालाई रानीमाया पुन र प्रेमकमारी गुरुङले पनि सघाउँदै थिए । स्थानीय जग्गाधनी किसान हेनरी रसेलले इष्टली गोर्खा नेप्लिज एसोसिएसनलाई सित्तैमा उपलब्ध गराएको झण्डै एक हेक्टर खेतबारीमा यतिखेर सिजनल तरकारी काँक्रो, सिमी, फर्सी, आलु प्याज, सागसब्जी, स्याउ, अंगुर फलेका छन् ।

एसोसिएसन आवद्ध स्वयंसेवी गोर्खाहरु फूर्सद मिलाएर हाइब्रीज फार्ममा खेती गर्छन् । फलेको तरकारी फलफूल गरिब, अस’हायलाई ख्वाउने नजिकै फुड ब्यांकलाई निशुल्क बांडिन्छ । कतिपयले खेती गर्न आर्थिक सहयोग (च्यारिटी) दिन्छन् र त्यो वापत तरकारी लैजान्छन् । थप भिडीयो मार्फत हेर्नुहोस । भिडीयो यहाँ लिंकमा छ

प्रतिक्रिया दिनुहोस्