२५ अर्ब लागतमा बुटवल देखि पोखरा सम्मको १ सय ५७ किलोमिटर सडक वि’स्तार गरिने

काठमाडौं : बुटवल देखि पोखरा सम्मको १ सय ५७ किलोमिटर सडक वि’स्तार हुने भएको छ। भारतको एक्जिम बैंकको आर्थिक सहयोगमा उक्त सडकमार्ग विस्तार हुने भएको हो । दुई ले’नको भनिए पनि स्ट्या’न्डर्ड दुई लेनमा नरहेको यो सडक वि’स्तारपछि सबै ठाउँमा स्ट्या’न्डर्ड दुई लेनको हुने सडक विभागले बताएको छ।

‘सडक वि’स्तारको लागि भारतको ए’क्जिम बैंकसँग मो’टामोटी स’हमती भएको छ,’ सडक विभागका विकास स’हायता का’र्यान्वयन महाशाखा प्रमुख अर्जुनजंग थापाले जानकारी दिए। उनका अनुसार उक्त सडक वि’स्तारको डि’जाइन यसअघि नै भइ सकेको छ। २५ अर्ब लागत लाग्ने अ’नुमान गरिएको उक्त सडक–खण्डमा नयाँ पुल तथा मोड सुधार र सुरुङमार्ग पनि बन्नेछन्।

‘भालु पहाडमा ५ सय मिटर भन्दा कम लम्बाइका ३ वटा टनेल ब’नाउने गरी सडकको डि’जाइन भएको छ,’ उनले भने, ‘सडकमा केही टनेल तथा मोडमा सुधार गर्दा बाटो केही छोटो हुन जाने छ।’ सडकमा दुई वटा नयाँ पुल पनि थपिने छ। थापाका अनु सार राम्दी तथा धुन्सामा नयाँ पुल थपिने डिजाइनमा उल्लेख छ। सडक विभागको डिजाइनमा काम सुरु भएको तीन वर्षमा वि’स्तारको काम सकिने बताइएको छ।

ए’क्जिम बैंकसँग सडक वि’स्तारको लागि आधिकारीक सहमति भने भइसकेको छैन। तर, अबको केही समयमा सहमति हुनसक्ने थापाले बताए। ‘उनीहरुले डि’जाइन तथा वातावरणीय प्र’भाव मूल्याङकन आदिको अ’ध्ययन गरिरहेका छन्,’ थापाले भने, ‘उनी हरुलाई यो सबै चि’त्त बु’झ्यो भने काम अघि ब’ढ्ने हो। त्यसैले यसको लागि समय ला’ग्न सक्छ।’

प्रतिक्रिया दिनुहोस्