घट्यो सुनको मूल्य

काठमाडौं : विहीबार नेपाली बजारमा सुनको मूल्य २०० रुपैयाँले घट्दा चाँदीको १० रुपैयाँले महँगिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका गत बुधबार बजारमा प्रतितोला ९१ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य बिहीबार २०० रुपैयाँले सस्तिँदै ९० हजार ८०० रुपैयाँ कायम भएको हो। यस्तै, यता चाँदी गत बुधबारको मूल्यमा १० रुपैयाँले बृद्धि हुँदै आज एकहजार २०५ रुपैयाँ पुगेको महासंघले जनाएको छ।गत बुधबार बजारमा चाँदी तोलामा १० रुपैयाँले नै सस्तिँदै एक हजार १९५ रुपैयाँमा कारोबार भएको थियो ।

यो पनि, सानिमा लाइफको पहिलो कारोबार ३०९ रुपैयाँमा : सानिमा लाईफ इन्स्योरेन्सको साधारण सेयर (आईपीओ) आजदेखि दोस्रो बजारमा कारोबारमा आएको छ। हिजो नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत भएपछि आजदेखि कारो बारमा आएको हो । कम्पनीको पहिलो कारोबार ३०९ रुपैयाँमा भएको छ ।

नेप्सेले सूचीकरण भएपछि कम्पनीको ओपनिङ रेन्ज न्यूनतम १०३ र अधिकतम ३०९ रुपैयाँ कायम तोकेको थियो । नेप्सेमा कम्पनीको ६० लाख कित्ता सर्वसाधारणको सेयर र १ करोड ४० लाख संस्थापक सेयर नेप्सेमा सूचीकृत भएको छ कम्पनीले साउन २० देखि २४ गतेसम्म आईपीओ को बिक्री खुलाएको थियो । साउन ३० गते बाँडफाँड भएको सेयर ५ लाख ४० हजार जनाले १० कित्ताका दरमा सेयर पाएका थिए ।

प्रतिक्रिया दिनुहोस्