तोलामा ७ सयले घट्यो सुनको मूल्य

काठमाडौं : नेपालको स्थानीय बजारमा आज सुन चाँदीको मूल्य ओरालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ७०० रुपैयाँले घटेको हो। यस्तै, आज चाँदीको मूल्यमा पनि प्रतितोला १० रुपैयाँ को गिरावट आएको छ । जस अनुसार, आज छापावाल सुनको मूल्य प्रतितोला ९० हजार ७०० रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९० हजार २०० रुपैयाँ तोकिएको छ ।

हिजो मंगलबार छापावाल सुनको मूल्य प्रति तोला ९१ हजार ४०० र तेजाबी सुनको मूल्य प्रतितोला ९० हजार ९०० रुपैयाँ थियो । यसका साथै, आज चाँदीको प्रति तोला मूल्य एक हजार २२० रुपैयाँ कायम भएको छ । हिजो तोलामा एक हजार २३० रुपैयाँ कायम भएको चाँदी आज तोलामा १० रुपैयाँले घटेको हो ।

यो पनि,स्वरोजगार लघुवित्तले गर्यो २५ प्रतिशत बोनस शेयर प्रस्ताव : स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष ०७७/७८ को लागि २५ प्रतिशत बोनस शेयर प्रस्ताव गरेको छ । कम्पनीको भदौ २३ गतेको सञ्चालक समि तिको बैठकले गत आर्थिक वर्षसम्मको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापूँजी रू. ४१ करोड १२ लाख ७९ हजारको आधारमा उक्त बोनस शेयर वितरण गर्ने निर्णय गरेको हो ।

यस वर्ष बोनस शेयरमा लाग्ने करमा भने कम्पनीका शेयरधनीहरुले छुट पाउने भएका छन् । कम्पनीले जनकपुर लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्त गरी २०७७ साल असोज २५ गतेदेखि एकिकृत कारोबार गरेकाले प्राप्ती प्रयोजनका लागि बोनस शेयरमा लाग्ने करमा छुट पाउने भएको हो । कम्पनीको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।

प्रतिक्रिया दिनुहोस्