मुखको दुर्गन्ध हटाउनदेखि सुखमय यौ’न जीवनका लागि सुकमेल

काठमाडौं : आकारमा सानो देखिने सुकमेलमा विभिन्न प्रकारका औषधीय गु’णहरु पाइन्छ । यसमा पाइने पोषक तत्वले शरीरलाई फाइदा गर्छ । स्वादिष्ट मात्रै होइन यसको बास्ना पनि निकै मिठो हुन्छ । भान्सामा प्रयोगमा आउने सुकमेलले स्वादसँगै शरीरका समस्याहरुलाई पनि भगाउँछ ।

मुखको दुर्ग’न्ध हटाउन : सुकमेलले मुखको दुर्गन्ध हटाएर ‘माउथ फ्रेशनर’ को काम गर्छ । यसको सेवनले सास ग’न्हाउने सम’स्या कम हुन्छ । पेटमा खराबी भएमा मुखमा ग’न्ध आउन थाल्छ । तर, सुकमेल खाने बानीले कब्जियतको समस्या कम हुने र मुख गन्हाउने समस्या पनि कम गराउँछ । सुकमेलमा हुने तत्वले मुखको गन्ध हटाउँछ । मुखबाट आउने गन्ध कडा छ भने मुखमा सुकमेल राखेर हिँड्न सकिन्छ ।

यौ’न जीवनका लागि : सुकमेलको सेवनले यौ’न जीवन राम्रो बन्छ । यसबाट भित्री शक्ति प्राप्त हुन्छ । बाँझोपनको सम’स्यासँग जुधिरहेका व्यक्तिले पनि सुकमेल खान सक्छन् ।

पाचन प्रक्रिया : सुकमेलमा पाइने तत्वले पाचन प्रक्रियालाई सक्रिय गराउँछ । यसमा हुने रासायनिक गुणले पेटभित्र हुने जलनलाई पनि कम गर्छ । बान्ता हुन खोजेमा सुकमेल खान सकिन्छ ।

घाँटी खराब भएमा : घाँटीमा समस्या भएमा सुकमेलको सेवन गर्न सकिन्छ । यसको सेवनले घाँटीमा हुने खराबी पनि कम गर्न सकिन्छ । भने घाँटी दुख्ने समस्या पनि कम हुन्छ ।

विषाक्त पदार्थ : सुकमेलमा हुने रासायनिक गुणले शरीरमा हुने फ्रि–रेडिकल र विषाक्त पदार्थबाट बचाउँछ । सुकमेललाई प्राकृतिक रुपमा रगत शुद्धिकरण गर्ने पदार्थ पनि भनिन्छ ।

प्रतिक्रिया दिनुहोस्