नेपालमै मोटरसाइकल बनाउनु पर्ने बाध्यतामा होन्डा र यामाहा

काठमाडौं । सरकारले प्रतिस्थापन आर्थिक विधेयक मार्फत मोटरसाइकलको अन्तःशुल्क वृद्धि गरेसँगै नेपालमा नै मोटरसाइकल उत्पादन गर्नुपर्ने बाध्यतामा विक्रेता कम्पनीहरु परेका छन् । नेपालमा एसेम्बल गर्ने उद्योगलाई एसेम्बल किट आया तमा ५० प्रतिशत अन्तःशुल्क छुट दिने सरकारी निर्णयसँगै होन्डा, यामाहा, हिरो जस्ता कम्पनी माथि एसेम्बल यूनिट स्थापना गर्न दवाव परेको हो ।

एसेम्बल किट आयातमा ५० प्रतिशत अन्तःशुल्क कम लाग्ने भएसँगै पूर्ण तयारी मोटरसाइकल आयात गरेर विक्री गर्ने कम्पनीको मूल्य प्रतिस्पर्धी नहुने देखिए सँगै उनिहरु माथि दवाव सृजना भएको हो । नेपालमा वार्षिक २ लाख ५० हजारदेखि ३ लाख यूनिटसम्मको बजार रहेको देखिन्छ । अहिले बजाजले करिब ७० हजार यूनिट मोटरसाइकल उत्पादन र विक्री गर्दै आएको छ भने करिब ५० हजार हाराहारी यूनिटमा होन्डा, यामाहा र टीभीएसले मोटरसाइकल विक्री गर्दै आएका छन् ।

टीभीएसले वीरगंजमा आफ्नो एसेम्बल प्लान्ट स्थापना गरेर काम सुरु गरि सकेको छ । कम्पनीले नेपालमा विक्री गर्ने कुल संख्याको करिब ३० प्रतिशत यूनिट यही एसेम्बल गर्न थालेको जनाएको छ । यसलाई चाँडै १०० प्रतिशत पुर्याउने लक्ष्य सहित काम भइरहेको जगदम्बा मोटर्स स्रोतले जनाएको छ । बजाजको भने एभेन्जर २२० बाहेक सबै मोडल नेपालमा नै एसेम्बल हुँदै आएको छ । अहिलेको अन्तःशुल्क वृद्धिले बजाजका मोटरसाइकलको मूल्यमा फरक नपार्ने देखिएको छ ।

यामाहा र होन्डाको तयारी : यामाहाले नवलपरासी र होन्डाले पर्सामा एसेम्बल प्लान्ट लगाउन गृहकार्य गरिरहेको समाचार यसअघि नै आएको थियो। यी दुबै कम्पनी सरकारको स्थीर नीतिको पखाईमा रहेका थिए। चाडपर्वको मुखैमा एक्कासी मोटरसाइकलको मूल्य बढाउनु पर्ने अवस्था सृजना भएसँगै यी दुबै कम्पनीले चाँडै एसेम्बल प्लान्ट स्थापनाको काम अगाडि बढाउने देखिएको छ।यी दुई कम्पनीको अलावा हिरो र सुजुकी पनि नेपालमा एसेम्बल प्लान्ट लगाउन अग्रसर भएका छन्। हिरो पनि वार्षिक ३० हजार यूनिट हाराहारीमा मोटरसाइकल विक्री गर्ने कम्पनी हो । मेरो अटोमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्