महिला सम्मानका लागि ‘सीता’ को भूमिका निभाउन १२ करोड मागेँ : करीना कपूर

एजेन्सी : अभिनेत्री करीना कपूरले नयाँ फिल्मका लागि १२ करोड माग्नुको कारण महिलाप्रतिको सम्मानका लागि भएको बताएकी छन् । उनले निर्देशक अलौकिक देसाईको आगामी फिल्म ‘सीता’ को भूमिकाका लागि उनले १२ करोड पारि श्रमिक मागेकी हुन् । उनले १२ करोड मागेपछि उनको निकै चर्चा भएको थियो ।

‘रामायण’ को कथामा आधारित उक्त फिल्ममा उनले धेरै पारिश्रमिक मागेको भन्दै आलोचना हुन थालेपछि करीनाले यसको जवाफ दिएकी छन्। उनले भनिन्, ‘केही वर्ष अगाडिसम्म कुनै पनि फिल्मका लागि महिला वा पुरुष कलाकारका लागि समान पारिश्रमिक दिने विषयमा कुराकानी गर्दैनथेँ । पछिल्लो समय धेरै व्यक्तिहरुले यस विषयमा बेवास्ता गर्न थालेका छन् । यो पारिश्रमिक माग्नुभन्दा पनि महिलाहरुप्रति सम्मानको विषय हो ।’

रिपोर्टका अनुसार करीनाले यस पौराणिक कथाका लागि ‘सीता’ को भूमिका निभाउन ८ देखि १० महिनाको तालिम लिने छिन् । यो फिल्म करीनाका लागि करियरकै सबैभन्दा ठूलो फिल्म हुनेछ । ‘सीता’ को भूमिका करीनाले निभाउने भएपछि धर्मका विषयलाई पनि जोडेर विरोध गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्