नेपालले ओमानलाई ७ विकेटले हरायाे

काठमाण्डाै – आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गतको त्रिदेशीय एक दिवसीय शृङ्खलामा नेपालले ओमानलाई सात विकेटले हराएकाे छ । अल अमिरात मैदानमा ओमानले दिएकाे एक सय २२ रनकाे समान्य लक्ष्य नेपालले १८ ओभर २ बलमा मात्रै तीन विकेट गुमाउँदै भेट्यायाे । नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले अर्धशतकीय पारी खेले ।

मल्लले ४६ बलमा अविजित ५२ रन बनाए । त्यस्तै आसिफ शेख ४०, कुशल भुर्तेल र राेहित पाैडेल समात ६–६ रन बनाएर आउट भए। यसअघि अल अमिरात क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेकाे ओमान ३७ ओभर १ बलमा एक सय २१ रन बना उँदै अलआउट भएकाे थियाे । ओमानका लागि जेशान मक्सूदले सर्वाधिक ४१ रन बनाए । बलिङतर्फ नेपालका करण केसी र सन्दीप लामिछानेले चार–चार विकेट लिँदा शरद भेषवाकरले दुई विकेट लिए ।

भेषवाकरले आजकाे खेलमा पहिलाे एकदिवसीय विकेट लिएका हुन् । जित सँगै नेपाल आठ खेलमा आठ अङ्कसहित नामिबियालाई पछि पार्दै चाैथाे स्थानमा उक्लिएकाे छ । ओमान १३ खेलमा २० अङ्कसहित तालिकाकाे शीर्ष स्थानमा यथावत् छ । सात टोली रहेको लिग–२ मा एक टोलीले नाै शृङ्खलासहित कुल ३६ खेल खेल्ने छन् । लिग–२ मा शीर्ष हुने तीन देशले सन् २०२३ को जुलाईमा जिम्बावेमा हुने विश्व कप छनोटमा स्थान बनाउने छन् ।

प्रतिक्रिया दिनुहोस्