सिस्नु जस्तो पोल्ने सरकारलाई अर्को चुनावमा तातोपानी लगाएर ठिक पार्नुपर्छ : ओली

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजदूत फिर्ता बोलाएर सरकारले गलत गरेको बताएका छन् । आफ्नो सरकारले पढेलेखेका विद्धानलाई मात्र राजदूत बनाएको स्मरण गर्दै ओलीले त्यस्ता व्यक्तिलाई फिर्ता बोलाउनु सर कारको नालायकीपन भएको जिकिर गरे।

उनले काठमाडौंमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै राजदूत फिर्ता बोलाएर सरकारले छिमिकी राष्ट्रसँग सम्बन्ध बिगारेको आरोप लगाए। ‘सरकारले छिमिकी मुलुकसँग तनाव उत्पन्न गराउँदै छ, अध्यक्ष ओलीले भने,’यो सरकार सिस्नोजस्तो, जता छोयो उतै पोल्ने अर्को चुनावमा तातोपानी लगाएर ठिक पार्नुपर्छ ।’ अध्यक्ष ओलीले राजनीतिक शटर बन्द हुने भएपछि आफू नेतृत्वको सरकारलाई हटाउने काम गरिएको दाबीसमेत गर्नुभयो ।

एमाले नेतृत्वको सरकार दुई वर्ष टिकेको भए बिचाराहरूको सटर बन्द हुने भएपछि आफूलाई सरकारबाट हटाउनुपरेको उहाँको भनाइ थियो । अध्यक्ष ओलीले आफूले बनाइदिएको बालुवाटारको नयाँ प्रधान मन्त्री निवासमा प्रधानमन्त्री देउवा सर्न लागेकोमा आफूलाई खुसी लागेको प्रतिक्रिया पनि दिनुभयो । अध्यक्ष ओलीले पुष्पकमल दाहाल नेतृत्वको पार्टीलाई माके र माधवकुमार नेपाल नेतृत्वको पार्टीलाई माने पार्टीको संज्ञा दिँदै राष्ट्रिय एकतामा फाेटो ल्याउने गरिरहेको आरोप लगाउनुभयो । उहाँले भन्नुभयो, ‘माके पार्टी, माने पार्टी हेर्नुस् । यी पार्टीले राष्ट्रिय एकताको नभइ फाटोको खेती गर्छन् ।

प्रतिक्रिया दिनुहोस्