बलियो बन्दै नेपाली रुपैयाँ, कमजोर बन्दै डलर !

काठमाडौं : तुलनात्मक रुपमा पछिल्लो समय डलरसँग नेपाली रुपैयाँ बलियो बन्दै गएको नेपाल राष्ट्र बैंकले जनाएको छ। २०७८ असार मसान्तको तुलनामा २०७८ साउन मसान्तमा अमेरिकी डलरसँग नेपाली रुपैयाँ ०.५ प्रतिशतले अधिमूल्यन भएको बैंकले जनाएको हो । बिहीबार चालू आर्थिक वर्षको पहिलो महिनाको वित्तीय विवरण सार्वजनिक गर्दै बैंकले यस्तो बताएको हो ।

त्यसो त यस्तो अघिल्लो वर्षको सोही अवधिमा यस्तो अधिमूल्य डलरको तुलनामा नेपाली रुपैयाँ अधिकतम ०.७ प्रतिशतले वृद्धि भएको बैंकले जनाएको छ । २०७८ साउन मसान्तमा अमेरिकी डलर एकको खरिद विनिमय दर रु.११८.५० पुगेको छ । २०७८ असार मसान्तमा उक्त विनिमय दर रु.११९.०४ रहेको थियो ।

यो पनि, दसैंलाई नयाँ नोट : दसैं र तिहारलाई लक्षित गरी नेपाल राष्ट्र बैंकले सोमबारदेखि सर्वसाधारणलाई नयाँ नोट सटही सेवा सुरु गरेको छ । नयाँ नोट साट्न राष्ट्र बैंकको केन्द्रीय कार्यालय बालुवाटारमा सर्व साधारण पुगेका थिए । यस पटक सर्वसाधारणलाई प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँ सटही सुविधा दिइएको छ । राष्ट्र बैंकले सोमबारदेखि नै बाँडे पनि अन्य बैंक र वित्तीय संस्थाले दसैंको १५ दिनअघिबाट मात्र वितरण गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्