काठमाडौँबाट पोखरा जाँदै गरेको कार त्रिशुलीमा खस्यो !

काठमाडौं : इच्छाकामना गाउँपालिका–५ नाग्दीखोलास्थित पृथ्वी राजमार्गमा काठमाडौँबाट पोखरातर्फ जाँदै गरेको कार त्रिशूली नदीमा ख’स्दा तीन जना बेप’त्ता भएका छन् भने एक घा’इते भएका छन्। बिहीबार राति ११ः४५ बजे कार अनि यन्त्रित भई सडकबाट झण्डै ३५ मिटर तल नदीमा ख’सेको हो ।

जिल्ला प्रहरी कार्यालयले दिएको जानकारी अनुसार घा’इते हुनेमा पोखरा महानगरपालिका–१७ बस्ने ४६ वर्षीय रुद्रलाल सुवेदी रहेका छन् । उनको भरतपुरस्थित कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज) मा उपचार भइरहेको छ । घा’इतेको अवस्था मध्यम रहेको छ ।

कारमा सोही ठाउँ बस्ने अन्दाजी ६० वर्षीय प्रेम बहादुर भुजेल, सोही ठाउँका अन्दाजी ५५ वर्षका लेखराम भुजेल र उनकी श्रीमती ३६ वर्षीया ईश्वरी भुजेल सवार रहेको बताइउको छ । कार सहित उनीहरु बेप’त्ता भएको प्रहरीले जनाएको छ । बेप’त्ता भएकाको खोजी जारी रहेको प्रहरीले जनाएको छ । बिहीबार राति ११ः४५ बजे उक्त दुर्घ’टना भएको हो ।

प्रतिक्रिया दिनुहोस्